गल्याङको तुलसीभन्ज्याङमा टेलिकम

माघ २५ विजनेशपाटी
श्याङ्जा, नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले सोही नगरको ११ नम्बर वडा तुलसीभन्ज्याङमा आफ्नो सेवा सूचारु गरेको गरेको छ । सोही अवसरमा आयोजित “सेवा शुभारम्भ कार्यक्रम”मा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख कार्यक्रमका प्रमुख अतिथि भुपराज अधिकारीले नेपाल टेलिकमले गल्याङ नगरपालिकाको विकासमा भरपुर सहयोग गरेकोमा आफूलाई अत्यन्तै खुसी लागेको बताउनुभयो । उक्त कार्यक्रममा सेवा विस्तारको कार्यप्रति उच्च प्रशंसा गर्दै कार्यालय प्रमुख राम राज उपाध्यायलाई प्रशंसा पत्र सहित सम्मान गर्नुभयो ।
कार्यक्रममा टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले संस्थाको उन्नतिका लागि अहोरात्र खटिन तयार रहेको बताउँदै आपूmलाई सम्मान गरेकोमा गल्याङ नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति तथा वडा नं.११ तुलसीभन्ज्याङका अध्यक्ष शंकरदेव अधिकारीले सेवा जडान भएकोमा खुसी व्यक्त गर्दै वर्षौदेखिको सपना साकार भएको बताउनुभयो ।
टेलिकम कार्यालय गल्याङबाट करिब ३ किलोमिटरको दुरीमा रहेको तुलसीभन्ज्याङमा नयाँ नेटवर्क गरी पिएसटिन सेवाका साथै फाइभ एमबिपिएस स्पिड क्षमता भएको एडिएसएल सेवा समेत सुचारु गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया