गाँजाको औषधिय गुण, इतिहास र विश्वमा गाँजाखेतीको अवस्था

अनिश खतिवडा

मेरो हजुरबुबा गाउँको एकदमै जान्ने तान्त्रिक र आयुर्वेदिकज्ञाता हुनुहुन्थ्यो धेरै टाढा-टाढाबाट हाम्रो घरमा झार्फुक गर्न र औषधि लिन मानिसहरुको चहलपहल भैरहन्थो । बारिमा विभिन्न औषधिका बोटहरु थिए । बारिको डिलमा केहि गाजाका बोटहरु पनि हुन्थे जसबाट हजुरबुबाले विभिन्न रोगहरु ठिक पार्नुहुन्थ्यो। एकपटक म र हजुरबुबा गाउँमा जादा पेट दुख्ने र बेला-बेला मुर्छा पर्ने बिरामीलाई गाजा दिएको देखेको छु। गाउँघरमा गाइबस्तुले छेरेमा अहिले पनि पिठोमा गाजा राखेर खुवाउने चलन छ । अहिले देशमा गाजा खेतीलाई कानुनी रुपमा बैधानिकता दिनुपर्छ भनेर पुर्ब कानुनमन्त्री शेरबहादुर तामाङ, साम्सद बिरोध खतिवडा लगायत साम्सदहरुले विधेक पेश गर्नु भएको छ। बाहिरबाट पनि पूर्व सचिव भीम उपाध्याय लगायत अनगिन्ती बुद्धिजिवी, जडिबुटी वीज्ञ लगायतले गाँजाले सम्बृद्धि ल्याउनेछ भनेर आवाज उठाइरहेका छन् ।

यो विधेक संसदबाट पास होला-नहोला त्यो सम्सदले गर्ने कुरा हो तर गाजा खेती नेपालको लागि अबसर र चुनैती दुबै हुनसक्छ। गाँजाको धार्मिक तथा सामाजिक महत्त्व: परापुर्ब कालदेखि नै गाँजा खेती र प्रयोगको दृस्ठिकोणले दक्षिण एसियामा अग्रपङ्तिमा आउँछ।

हिन्दूधर्ममा यसको विशेष महत्त्व रहेको छ । हिन्दु धर्मको उदगमस्थल हिन्द महासागर वारिका भारतबर्ष अहिलेको तिब्बत नेपाल, भारत बङलादेश,पाकिस्तान ,अफ्गानिस्थान साथै इन्डोनेशिया आदि देशहरुमा यसको खोजी र प्रयोगको सदियौ पुरानो इतिहास रहि आएको छ।हिन्दु धर्मकाका आरध्य देव महादेवले गाजा सेवन गर्थे भन्ने कुरा विभिन्न शास्त्रमा पाउन सकिन्छ । जुन जनबिस्वास अनुरुप अहिले पनि शिवरात्रीमा गाँजा शिवको प्रसादको रुपमा सेवन गर्नुपर्छ भन्ने मान्यता यथावत छ । गाजा खेतिको आजको अबस्था: खेती गरिएका बनस्पति मध्ये गाजा सबैभन्दा पुरानो बनस्पति हो । मानव सभ्यताको बिकाससंगै हिमालय क्षेत्रमा यसको खेती र प्रयोग र अनुसंधान धेरै भएका छन । खेती गर्न सजिलो, छोटो समयमा राम्रो प्रतिफल पाइने र औसधिय गुण भएको बनस्पति भएकाले यसको उत्पादन र प्रयोगमा विकसित भनिएका देशहरु लागिपरेका छन। कयानडा, अमेरिका, स्पेन, फ्रान्स र चिन जस्ता देशहरूमा बैधानिक तबरले खेती निकासि पैठारी हुदै आएको छ। छिमेकी देश चीन विश्वको दोस्रो ठूलो गाजा उत्पादक देश हो। बङ्गलादेश, चिली , मेक्सिको र युरोपेली मुलुकहरूले खुकुलो गर्दै लगेका छन । जापान गाँजाको तेल खपत प्रमुख रास्ट्रमा पर्दछ।

तर नेपालमा गाँजा उत्पादन र प्रयोगको हिसाबले गैरकानुनी ठहरिन्छ । औषधिय गुणहरु : बिश्व स्वास्थ संगठन (WHO ) को अध्यनबाट  गाँजा औषधिय गुण भएको बनस्पति हो । यसमा पाइने कायनाबिनावाइट(cannabidiot-CBD) रटेट्राहाइट्रोकायनाबिनोल (Tetrahydroconnabino-THC) तत्वहरुले औषधि बिज्ञानमा ठुलो महत्त्व राख्दछ । यसलाई चिकित्सकिय प्रयोग स्थापित गर्नको लागि अझै अनुसंधान भैरहेका छन। गाँजामा पाइने केनावाइडियालबाट क्रोनिक पेनको सफलतापुर्बक उपचार हुन्छ र यसको कुनै साइड इफेक्ट नरहेको चिकित्सकहरु बताउँछ। CBD थेरापिबाट कुस्ठ रोग जस्तो रोगको उपचार हुने गर्दछ । दुखाई (Pain), अन्जाइटी (Anxiety), छारे (Epilepsy), ग्लुकोमा (Glaucoma), HIV–AIDS, आन्द्रा र पेट सुनीने र दुख्ने (Inflamatoy Bowl Disease), आन्द्रा र पाचन प्रणालीमा हुने दुखाई (Irritable Bowel Syndrome), क्यान्सर, सुत्न गारो हुने (Sleep Problem) जस्ता रोगहरुमा निको पार्ने काम गर्दछ ।

देशको अर्थतन्त्रमा परेको प्रभाव र हुनसक्ने लाभ: इस १९७०(बि.स २०३३)  को दशक भन्दा पहिले नेपालमा गाँजा उत्पादन, सेबन, ओसारपसार कुनै रोकाओट थिएन। बिश्वका थुप्रै पर्यटकहरु विशेषगरि युरोपेली र अमेरिकन मुलकका मानिसहरु  गाँजा खान र रमाइलो गर्न नेपाल आउने गर्दथे। होटलहरुमा गाँजा र गाँजाबाट बनेका विभिन्न परिकारहरुको मेनुहरु हुन्थे । यसबाट ग्रामीण अर्थतन्त्र बलियो हुँदै थियो । शहरी अर्थतन्त्रमा पनि ठूलो हिस्सा ओगटेको थियो। जब बि.स २०३३ सालमा गाँजाको संस्कृती र गाँजाको व्यापार व्यवसाय लागु औषधि नियन्त्रण ऐन २०३३ ले लागु औषधी सरह मानी नेपाल भित्र निकाशी वा पैठारी गर्न नियन्त्रण गरीयो । उक्त ऐनले गाँजा कुनै पनी उपयोगलाई अन्य लागु औषधी जस्तै गरी लागु औषधीको सूचीमा सूचिकृत गरीयो र उत्पादन तैयारी , खरीद-बिक्रि वितरण गर्न, निकाशी वा पैठारी गर्न, ओसार पसार गर्न, सञ्चय गर्न र सेवन गर्न आदीमा निषेध गरियो। जसबाट देशको अर्थतन्त्रमा ठूलो नोक्सानी ब्यहोर्न पर्यो। जडिबुटीबाट औसधि उत्पादन गर्ने देशको ठूलो औसधि उधोग सिहदरबार बैधखानामा पनि गाजाको अभाव भयो र बिदेशबाट खरिद गर्दा ठूलो धनराशि बाहिरिने अबस्था सिर्जना भयो।

अहिले बिश्वमा १२० बिलियन डलर बराबरको  गाँजा खपत हुँदै आको छ यो खपत निकट भबिस्यमा २०० देखि ५०० बिलियन डलर हुने जानकारहरु बताउछन।नेपाल ले यसको १० प्रतिशतमात्र बजार ओगट्नसकेमा नेपाल समृद्ध बन्न सक्छ। साथै यसबाट कृषि तथा औद्योगिक क्षेत्रमा प्रयोग गर्न सकिन्छ १. टेक्सटायल उद्योग: जस्तै कपडा, डाइपर, झोला, जुत्ता र फेब्रिसहरु बनाइन्छ । २. औद्योगीक टेक्सटायल जस्तै डोरी, कारपेट इत्यादी । ३. कागत: छपाई, न्युजपेपर, काडर्वोड र प्याकिङ्ग ४. खाना: विउलाई मुटु सम्बन्धी रोग, गाँजाको विउको पाउडर विशेष प्रोटीनको श्रोत र तेललाई विभिन्न रोगमा प्रयोग गरीन्छ । ५. घर निर्माण : निर्माण पनी हुदै युरोप, एसिया र अमेरिकामा थुप्रै घर निर्माण भई उपयोेगी पदार्थमा परिणत भएका छन् । काण्डको उपयोगबाट बनेको घरहरु वतावरण मैत्री हुन्छन् ।  ६. वडिकेयर प्रडक्स: ज्झउ वाट उच्च गुणस्तरको साबुन, सेम्पो, लोसनहरु बनेका छन् ति अन्य श्रोतबाट बनेका उच्च गुणस्तरीय बडीकेयर प्रोडक्सहरु उत्पादन गर्न सकिन्छ जसबाट देसले ठूलो फाइदा लिन सक्छ। नेपालीहरु खाडीमा ६०डिग्रीको तातो घाममा पसिना बनाउनुपर्ने स्थिति को अन्त्य हुन्छ। यसमा सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् ।

प्रकासित मिति २०७६,१२,२२

फेसबुकबाट तपाईको प्रतिक्रिया