गाइका रेउलेको जन्मदिन एचआइभि बालबालिकासँग

अशोक केसी

काठमाडौँ ३ मंसिर 

लोकगायिका गिता रेउलेले आफ्नो जन्मदिन एचआइभि सङ्क्रमित बालबालिकासंग मनाएकि छिन । जन्मदिन भन्नसाथ हामी कुनै होटल तथा घरमै धुमधामसग साथिभाइ आफन्तको बिचमा निकै खर्च गरेर मनाइन्छ तर दुई दसक देखि लोक तथा दोहोरी क्षेत्रमा कृयाशिल कुसल गायिका रेउलेले भने एच आइभी सङ्क्रमित बालबालिकालाई आफ्नो जन्म दिनको उपलक्ष्य पारी फलफुल तथा केही कपडा बितरण गरेकी छन । किर्तिपुर भत्केपाटीमा रहेको बेबि लाइफ होम नामक सस्थामा गैइ २४ बालबालिकासग जन्म दिन मनाएकी हुन ।

raule कुनै पार्टि पालेस तथा रेस्टुरेन्टमा गएर आफ्नो जन्म दिन मनाएर गर्ने खर्च अनाथ तथा पिडित बालबालिकालाई दिदा आफूलाई खुसी लाग्ने बताउछिन गायीका रेउले। “हामी अनावश्यक खर्च गर्छौ आफ्नो जन्मदिनमा, तेसको सट्टा एक थान कपडा या खाने कुरा बितरण गर्न सकियो भने ती अबोध बालबालिकालाई सहयोग मिल्नेछ” उनी बताउछिन । भन्छिन -“मलाइ सामाजिक सेवा गर्ने रहर भएकोले आफुले सकेको सहयोग गरिरहने छु । उनी थप्छिन- यसरी नै प्रत्येक ब्यक्तीले अनाथ तथा असाय बालबालिका, वृद्धहरुलाइ सहयोग गर्ने हो भने कोहि पिडित रहन पर्ने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया