गाएक रामु बिसि को ‘कता कता ‘(भिडियो सहित)

बिजनेसपाटी सम्बाददाता

काठमाडौँ १६ जेष्ठ-

पछिल्लो समय स्रोता दर्शकको मन जित्न सफल र रुचाइएका गायक तथा सर्जक रामु बिसिको अर्को नया लोक दोहोरी एल्बल ‘कता कता’ युटिभ तथा अन्य मिडिया मार्फत सार्बजनिक गरिएको छ। गुल्मीको भुर्तुङमा जन्मिएर बुटवलमा कर्मथलो बनाएका रामु बिसि लामो समय देखि यो क्षेत्रमा संघर्षरत छन । उनले २०६६ बाट औपचारिक रुपमा यात्रामा हुन् ।

वर्षा भो आँसुको भन्ने लोकदोहोरी गित बाट आफ्नो साङ्गेतिक यात्रा सुरु गरेका बिसि ले एक दर्जन भन्दा बडि गित मा स्वर तथा सङ्गीत दिएका छन।पछिल्लो एल्बम म मरेको पल गित बाट सर्बाधिक चर्चा बटुल्न सफल गाएक बिसि का अन्य गित तिजको मादल ,टुक्रा भो सिसा फुटेर, बिहे गर्ने रहर धेरै भो ,जिम्बाल कि छोरी, आफ्नो नौलो सन्सार लगायत अन्य गित बजारमा चर्चा बटुल्न सफल गित हुन।

निकै मीठो सङ्गीत दिन सिपालु गाएक तथा सर्जक रामुको यो कता कता  बोलको गितले प्रेम भाब झल्किने देखिन्छ। रामुको आफ्नै लय शब्द र स्वर रहेको छ भने प्रचुर स्वर कि धनी गाइका शान्ता रोकामगर ले बिसि लाई साथ दिएकी छिन।
उक्त भिडियोमा मोडल बरुण घिमिरे र मन्जिता केसि को अभिनय देख्न सकिन्छ भने निर्देशन चर्चित निर्देशक कपिल लामा को रहेको छ।
हरेक गित मा आफुले निक्कै मेहनत गर्ने र कता कता बोल को गितमा नि आफुले मेहनत गरेको र स्रोता दर्शक ले मन पराउने मा बिस्वस्त छन् गाएक बिसि।पछिल्लो समय स्वर भएका भन्दा नि पैसा को कारण राम्रा कलकार पछि परेको भन्ने कुरा मा दुखेसो ब्यक्त गर्दछन रामु। स्रोता दर्शक ले राम्रा गित लाई मन पराउने मा ढुक्क छन उनी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया