गागालाई चीनमा प्रतिबन्ध ?

एजेन्सी– चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले पप गायिका लेडी गागालाई चीनमा प्रतिबन्ध लगाएको अनुमान अहिले हलिउडमा भाइरल भएको छ । गागाले तीब्बती आध्यात्मिक गुरु दलाई लामासँग भेटेपछि सो प्रतिबन्ध लागेको अनुमान गरिएको छ । बेलायती पत्रिका द गार्जियनका अनुसार २६ जुनमा गागाले दलाई लामालाई भेटेकी थिइन् । १९ मिनेट लामो भेटघाटको भिडियो गागाले फेसबुकमा समेत राखेकी छन् । अहिले त्यो भिडियो भाइरल भएको छ। नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया