गायक कमल खत्रीको ‘पानी पिउने बहानामा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं, २०  जेठ ।

चर्चित गायक कमल खत्री नयाँ गीत लिएर दर्शक श्रोतामाझ उपस्थित भएका छन्। उनले ‘पानी पिउने बहनामा’ बोलको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन्। गीतमा सुमन योञ्जनको शब्द तथा गायक खत्रीको संगीत छ।
रिकेश गुरुङले एरेन्ज गरेको भिडियोलाई सियोक्स शंकरले सम्पादन गरेका हुन्। गायक कमलले यसअघि ‘जाउँला रेलैमा’,’सधै भरि यसै गरि’, ‘आत्मामा’, ‘कोरेर प्रेम पत्र’लगायतका हिट गीत गाइसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया