गायक बराइलीको जन्मभुमी सार्बजनिक ( भिडियो सहित)

काठमाडौँ ३ अशोज

पर्बतको मल्लाज माझफांट-८ मा जन्मेका लोक तथा दोहोरी गायक सुजन बराइली बालापन छदा देखि नै नेपाली गित संगीतलाई अति माया गर्थे । संगीतको मोहकै कारण ०६१ साल देखि बराइली एउटा सफल कलाकार बन्ने सपना बोकेर काठमाडौ छिरेका हुन् । उनि निरन्तर रुपमा साङ्गितिक क्षेत्रमा पकड जमाउदै पनि आएका छन । “झझल्को आइरन्छ” “बोलाइ पासो भो”,”अन्त नजर लाउन छोड्ने छु”, ” म्याग्देली ठिटो”,”तिम्ले मेरो कुभलो चाहेनी मत तिम्रै भलो चाहन्छु, “रमाइलो गर्ने यहि बोली हासो हो” लगायत एक दर्जन भन्दा धेरै लोकदोहोरी गितहरुमा उनले स्वर दिई सकेका छन भने देश बिदेशका सास्कृतिक कार्यक्रममा पनि गएर दर्सकहरुलाइ नचाएका छन । एक महिना अघि मात्र थाइल्यान्डबाट स्टेज प्रोग्राम सकेर आएका बराइली लोकदोहोरी बिना त बाच्न पनि गार्यो हुन थालिसक्यो उनी बताउछन। सङ्गीत बिनाको जीवन जिउन असाध्यै गार्यो छ उनी भन्छन । मैले गायका जति पनि गितहरु छन सबै लोक सस्कृति झल्कने खालका छन उनी बताउछन। बराइलीले निकै संघर्ष पश्चात् नेपाली गित संगीतको बजारमा आफ्नै जन्मभुमि पर्बत मल्लाजमा “सम्झना जन्मभुमिको” र “पन्चे बाजा”को गित छायांकन गरेर काठमाडौ फर्केर भर्खरै मात्र जन्मभूमिको नामबाट खोलिएको म्युजिक कम्पनी “मल्लाजी म्युजिक प्रा.लि.” द्वारा सालैजो गित बजारमा ल्याएका छन ।

असोज एक गतेबाट विभिन्न रास्ट्रीय टेलिभिजन हरुबाट प्रसारण भैरहेका छन । जुन गित अति नै मार्मिक हृदयस्पर्सी सम्पुर्ण धौलागिरी लाइनै समेटिएको र जहाँ गएनी जन्मभुमिको सन्झना आइरनी सारै मिठा भाबहरुले भरिएको शब्द मा प्रस्ट्याइएको छ। हामि नेपालिहरु परिस्थितिले बिदेसिए पनि यो मन मुटु त जन्म ठाउमै रहन्छ झल्को सधैं गाउँघरको नै आउँछ जस्ता शव्द हरुले सम्बोधन गरेका छन ।१३- १४ बर्ष सम्मको साङ्गितिक दौडानमा बिभिद दु:ख सुखलाई छिचोल्दै सफल मोड्मा आइपुगेका बराइली आफैमा सामाजिक परिचालक पनि हुन । अनाथ,असहाय,दलित,गरिब बालबालिका हरुलाइ यौटा सहयोगी सस्था,नेपाल असहाय बालबालिका उत्थान समाज,को रुपमा स्थापना गरि हाल ११ जना बालबालिका हरुलाइ शिक्षा दीक्षा,पालनपोशण गर्दै आएका छन,जहाँ उनकै धर्मपत्नी अनिता बराइलिले साथ दिदै आउनुभयको छ । जिबन रहुन्जेल सम्म साङ्गितिक क्षेत्रलाइ माया गर्ने र सामाजिक सेवालाई अझै द्रुत गतिमा अघि बढाउन का लागि परेको उनी बताउछन। पन्चे बाजाको गित मंसिर को १ गते बाट बजारमा आउने जानकारी गराउछन सुजन बराइलि। आफ्नै जन्मभुमि को नाम बाट म्युजिक कम्पनी दर्ता गरेका छन,भन्छन विशेष त जन्मभूमि ठूलो हो जहाँ रहेनी जन्म दिने बाबुआमा र जन्म ठाउँ कहिल्यै बिर्सन हुदैन। तेसैले पनि मैले नाम यस्तो जुराको उनको भनाइ छ। जुन “मल्लाजी म्युजिक प्रा.लि.”सम्पुर्ण देश तथा बिदेश मा रहनुभएका बुबा आमा दाजुभाइ तथा दिदिबहिनी हरुलाइ माया गर्दिनुहुनेछ भन्ने हार्दिक अनुरोध गर्दछन र विशेष त देश तथा बिदेशमा रहेका सन्चारकर्मी तथा मिडिया हरुलाइ सहयोग गर्दिन आग्रह गर्दछन । तेस्तै यो क्षेत्रमा यहाँ सम्म पुग्नलाई सहयोग गर्ने दाजु कमल बराइली,चन्द्र प्रकाश बराइली,सिजन केसि “घतानि” र श्रीमती अनिता बराइली लाई हृदय देखिनै धन्यवाद दिन चाहन्छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया