गायक विदुरले ल्याए ‘भट्टीको छेउमा रक्सिको गन्ध’

काठमाण्डौ । १५ फाल्गुन ।
उदयीमान गायक बिदुर घिमिरेको ‘भट्टीको छेउमा रक्सिको गन्ध’ सार्बजनिक भएको छ । म मरेर तिमिलाई बोलको गीत मार्फत चर्चा कमाएका घिमिरेले गत शनिवार यस गीतको एक कार्यक्रम वीच सार्वजनिक गरेका हुन् । ग्रेट भिजन प्रालिको दृस्य निर्माण रहेको यस भिडियो लाई छायाँन्कन रेशम दर्लामीले गरेका हुन् भने सम्पादन प्रदिप दाहालले गरेका हुन । यस गीतमा बिदुर घिमिरेको सङिगत र शब्द जिबनाथ घिमिरेको रहेको छ । यस गीतको उत्पादक तथा बितरक संस्था ग्रेट भिजन रहेको छ । यसमा गणेश बराल र पुस्पश्री, कपिल बिनायक, सुगम तथा खुसी भण्डारीले अभिनय गरेका छन । यस गितमा स्वर बिदुर घिमिरेको रहेको छ । घिमिरेले यस म्युजिक भिडियोलाई निर्देशन समेत गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया