गायक विदुर अब हास्य टेलिसिरियल ‘सुइरो’को निर्देशक

बिजनेसपाटी ८ चैत्र
गायन क्षेत्रमा सानै उमेरमा आफुलाई स्थापित गरेका उदयीमान युवा गायक विदुर घिमिरे अब टेलिसिरियलको निर्देशकको भुमिकामा छिट्टै बजारमा आउने भएका छन् । चाँडै बजारमा आउन लागेको ‘सुइरो’ नामको हास्य टेलिसिरियलमा उनले नै कार्यक्रम निर्देशकको भुमिका निभाउन लागेका हुन् । ‘रुन सजिलो कहाँ छ र ?’, ‘म मरेर तिमिलाई खुशी मिल्छ भने’ जस्ता सुमुधुर गीत गाएर श्रोतामाझ आफनो परिचय स्थापीत गरेका घिमिरेको टेलिसिरियल क्षेत्रमा यो पहिलो पाइला हो । ‘सुइरो’ले समाजका विकृति तथा विसंगतीमाथी हास्यब्यङग्य मार्फत प्रहार गरी दर्शक श्रोतालाई समेत भरपुर मनोरञ्जन दिने घिमिरेले बिजनेसपाटी अनलाइनलाई बताए । haa 11

 

‘सुइरो’को परिकल्पनाकार मिठाराम केसी रहेका छन् भने कथा÷पटकथा ज्ञान बहादुर खडकाको रहेका छन् । ‘सुइरो’मा मिठाराम केसी, ज्ञानबहादुर खड्का, विनोद कुवर, बर्षा महत, श्रद्धा सिलवाल, सरस्वती घिमिरे, सन्तोष दहाल, कैलाश बजगाई, बर्षा सिलवाल, मिरा विक लगायतले आफनो जोडदार प्रस्तुती दिने घिमिरेले बताए । फुलचोकी कलाकर्मी समूहको प्रस्तुती र स्याडो क्रियसनको ब्यानरमा यस कार्यक्रम ल्याउन लागिएको उनले बताए । कार्यक्रमको सम्पादन प्रदिप दहालले गर्दैछन् भने क्यामरामा रेशम दर्लामी र मनोज सुवेदीले योगदान दिने घिमिरेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया