गायत्री थापाको पन्चेबाजा गीत “बाग्लुंग दरमा खोला”(भिडियो सहित)

बिजनेसपाटी १ फागुन 

चर्चित लोकगायिका गायत्री थापाको सुमधुर स्वरले सजिएको पन्चे बाजाले सुसजित  “बाग्लुंग दरमा खोला”  बोलको लोकदोहोरी गीत युटुब मार्फत सार्वजनिक भएको छ  । बलराम अधिकारीको प्रस्तुतिमा रहेको यस गीतमा गायिका गायत्रीलाई गायक नबिन पौडेलले साथ दिएका छन् ।  गीतमा लय नबिन पौडेलको रहेको छ भने शब्द दिग्गज धौरालीको रहेको छ । गीतकार, गायिका तथा निर्देशकको रुपबाट परिचित गायत्री थापा अबको आउँदा दिनमा मोडलको रुपबाट पनि चिनिने भएकी छिन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा गायत्री थापाले आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गरेकी छिन् । गायत्रीलाई शिवम पोख्रेल र सन्तोष श्रेष्ठले साथ दिएका छन् । पन्चे बाजाले सुसजित  “बाग्लुंग दरमा खोला”  बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो निर्देशन गायत्री स्वयंले गरेकी हुन् । यस भिडियोका कोरियोग्राफर रबिन शंकर रहेका छन् । शिब दर्शन फिल्म्स प्रालिले निर्माण गरेको यस भिडियोलाई छायांकन करण चैंसिरले गरेका हुन् भने सम्पादन प्रविन रेशमी मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया