गाविसको बजेट करोड, कार्यालय सचिवको झोलामा

काठमाडौं २१ जेठ।

सरकारले स्थानीय निकायको बजेट दोब्बर बनाएपछि कतिपय गाविसमा बजेट १ करोड रुपैयाँ तर कार्यालय चाँहि सचिवको झोलामा सीमित हुने अवस्था देखिएको छ ।

सरकारले बर्सेनी अर्बौ रुपैयाँ पुँजीगत अनुदान दिएपनि गाविस भवन बनाउन प्रोत्साहित नगर्दा यस्तो अवस्था आएको आजकोकारोबार दैनिकले उल्लेख गरेको छ ।

यसै वर्ष पनि प्रतिगाविस न्यूनतम् १९ लाख ५० हजार रुपैयाँदेखि ५० लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ, तर गाविसको कार्यालय निर्माण गर्न कुनै निर्देशन दिइएको छैन।

यही वर्षलाई आधार मान्ने हो भने पनि कतिपय गाविसको अनुदान १ करोड रुपैयाँ पुग्नेछ । स्थानीय निकायको तालुक निकाय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसमेत यसबारे बेखबर छ । ‘कायालय खडा गरेर सेवा दिइरहेका  ठूला र सक्ष्म गाविसहरु नगरपालिका बनिसके, अब कार्यालय सचिवको झोलामा भएका गाविसहरु मात्रै छन्, ‘ मन्त्रालयका एक अधिकारीले भने ।

कतिसम्म भने १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा पूर्ण ध्वस्त भएका १ हजार १४९ गाविसको रेर्कडसमेत मन्त्रालयमा छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया