गिरानचौरमा धुर्मुसको हातबाट सुनिताको ‘प्यास’ विमोचित ( भिडियो सहित)

काठमाडौँ ३० जेस्ठ
रिसव गौतम
चर्चित लोकगायिका सुनिता गुरुङको नयाँ एल्वम ‘प्यास’को विमोचन सिन्धुपाल्चोकको गिरानचौरमा हास्यकलाकार धुर्मुस, लायन्स क्लब अफ काठमाण्डौ टेम्पलका चार्टर प्रेसिडियन्ट अरुण श्रेष्ठ र वरिष्ठ इन्जिनियर एवं समाजसेवी सुर्दशन मर्हजनले संयुक्त रुपमा गरेका छन । सो अवसरमा लायन्स क्लब अफ काठमाण्डौ टेम्पलका पदीधिकारीहरुको बाक्लो सहभागिता रहेको थियो । एल्वमको विमोचन गर्दै धुर्मुसले भने ‘यसरी पवित्र सोचाइ राखेर यहाँसम्म आएर आफनो एल्वम विमोचन गर्नु भएकी सुनिताको गीत लोकप्रिय बनोस्’ । su2
तीज गीत ‘नाच्छु म त छमछम’बाट चर्चामा आएकी गुरुङको यो तश्रो एल्वम हो । सुनिताको यस अघिको ‘रमाइलो पोखरा’ बोलको लोकगीत दर्शक श्रोतामाझ चर्चित थियो । मेरी बास्सैका चर्चित हास्य कलाकार  सिताराम कट्टेल धुर्मुसले विमोचन गरेका यस ‘प्यास’ एल्वममा पाँच वटा गीत समेटिएको बताइएको छ । ‘पानी पानी बोल’को फरक धारको अत्यन्त कर्णप्रिय लाग्ने गीत यस ‘प्यास’ एल्वममा समेटिएको छ । यस गीतमा वरिष्ठ संगीतकार वीवी अनुरागिको संगीत, सुनिता गुरुङ र रामचन्द्र काफ्लेको स्वर तथा शब्द रहेको छ । त्यसैगरी बलात्कारको विकृतीमाथी सामाजिक चेतना जगाउने प्रकृतिको ‘म छोरी’ बोलको अर्को अत्यन्त मार्मिक गीत सुनिताले गाएकी छिन । त्यसैगरी ‘आफै भन’ बोलको सालोजो गीत सुनिता गुरुङ र मौसम गुरुङले गाएका छन । जुन गीतको संगीत भने मौसम गुरुङले भरेकी हुन् । अर्को भुकम्प जनचेनार्थ गीत पनि एल्वममा समेटिएको बताइएको छ ।
वरिष्ठ संगीतकार वीवी अनुरागीको संगीत, सुनिता गुरुङको स्वर तथा शब्दमा सजिएको यस ‘प्यास’ एल्वमले सबैको मन जित्ने ठानिएको छ । सुनिताको यस एल्वममा निर्भना कला केन्द्रको प्रस्तुती रहेको छ भने एल्वमका गीतहरु युटुब मार्फत हेर्न सकिनेछ ।
भुकम्पबाट भत्किएका घरहरु पुर्नरनिर्माणको लागि गत बर्ष देखि लागि परेका धुर्मुसले ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ मार्फत गिरानचौरमा नमुना एकिकृत वस्ती निर्माण गर्दै छन । धुर्मुस सुन्तलीको सो पवित्र अभियानमा केही न केही राहत तथा उत्पेरणा मिलोस् भनेर आफनो नयाँ एल्वम ‘प्यास’को विमोचन धुर्मुसकै हातबाट गिरानचौरमा गरेको गायिका सुनिता गुरुङले बताइन । एल्वम विमोचन गर्दै सुनिताले धुर्मुसको सो अभियानको लागि ५१ हजार रकम सहयोग समेत गर्दै भनिने ‘काठमाण्डौमा एल्वम विमोचन गर्दा लाग्ने खर्च मैलै जोगाएर धुर्मुसको सामाजिक अभियानमा सहयोग गरेको हुँ’ । उनको आशय थियो अरुले पनि काठमाण्डौको फाइभस्टारमा एल्वम विमोचन गरेर भोज भतेरमा पैसा सिध्याउनुको साटो पिडितको सेवामा त्यस्तो खर्च होस् । गायिका गुरुङ सहितको टोलिले आर्थिक सहयोगको साथमा केहि घण्टा बस्ती निर्माणमा श्रमदान समेत गरेका थि ए

फेसबुकबाट तपाईको प्रतिक्रिया