गुडविल फाइनान्सको नाफामा बृद्दि
बिजनेसपाटी २० कार्तिक
चालु आर्थिक बर्षमा गुडविल फाइनान्सले १ करोड २० लाख खुद मुनाफा गरेको छ। यस अवधिमा गत आर्थिक बर्षको फाइनान्सको कमाई १ करोड १९ लाख थियो।
यस अवधिमा फाइनान्सको चुक्ता पुंजी ७२ करोड ६० लाख छ भने जगेडा कोष रकम २० करोड ५६ लाख छ। त्यस्तै खराब कर्जा अनुपात समेत १।९६ प्रतिशतबाट घटेर १।२९४ प्रतिशतमा झरेको छ।
यस अवधिमा फाइनान्सको प्रति सेयर आम्दानी ६.६५, मुल्य आम्दानीको अनुपात २७ दशमलब ८२ गुणा र प्रति सेयर नेटवर्थ १२८ रुपैयाँ ९५ पैसा छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया