गुडविल फाइनान्सले सेयरधनीलाई २५ बोनस सेयर दिने

बिजनेसपाटी १६ भदौ
 गुडविल फाइनान्स लिमिटेडले सेयरधनीलाई २५ प्रतिसतका दरले बोनस सेयर दिने भएको छ। बुधबार बसेको गुडविलको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २५ प्रतिसत बोनस र कर प्रयोजनका लागि १.३२ प्रतिसत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।
चुक्ता पुँजी बढाउन गुडविलले बोनस सेयर प्रस्ताव गरेको हो । गुडविलको हाल चुक्ता पुँजी ३६ करोड ३० लाख रुपैयाँ छ । २५ प्रतिसतका दरले बोनस दिँदा नौ करोड रुपैयाँ थपिन्छ । बोनस वितरण पछि सस्थाको चुक्ता पुँजी ४५ करोड ३७ लाख रुपैयाँ पुग्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया