गुडवील फाइनान्सले २५ करोडको ऋणपत्र निष्कासन गर्ने

बिजनेसपाटी २ मंसिर ।

गुडवील फाइनान्सले “१२% गुडविल फाइनान्स लिमिटेड डिवेञ्चर २०८३” नाम दिइएको २५ करोड बराबरको ऋणपत्र छिट्टै निष्कासन गर्ने भएको छ ।
नेपाल राष्ट्र बैकबाट जारी भएको निर्देशन बमोजिम गुडवीलले वित्तीय एंव आर्थिक कारोवारलाई विस्तार गर्न ऋणपत्र जारी गर्न लागेको हो ।

जारी ऋणपत्रमध्ये ४० प्रतिशत सर्वसाधरणको लागि र ६० प्रतिशत प्राइभेट पेल्समेन्टको लागि छुट्याइएको फाइनान्सले जनाएको छ ।
ऋणपत्रको समयावधि बाँडफाँड भएको दिनबाट ७ बर्षको हुने र ऋणपत्र साधारण शेयरमा परिवर्तन नहुने पनि फाइनान्सले जनाएको छ ।

ऋणपत्रको व्याजदर १२ प्रतिशत हुने र आर्जित व्याज रकममा प्रचलित ऐन बमोजिम कर कट्टा गर्ने व्यवस्था गरिने पनि गुडवीलले जनाएको छ । व्याज अर्धवार्षिक रुपमा ६–६ महिनामा वितरण हुनेछ ।

फाइनान्सले जारी गर्न लागेको एक हजार अकिंत मूल्यको दुई लाख पचास हजार कित्ता डिवेञ्चरको बार्षिक ब्याजदर १२ प्रतिशत रहने जनाइएको छ । ऋणपत्रको विक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेने फाइनान्सले जनाएको छ । इक्रा नेपालले गुडवील फाइनान्सको ऋणपत्रका लागि ICRA NP L Double BB रेटिङ प्राप्त गरेको छ । हालसम्मको ऋण वा डिवेञ्चर नरहेको यस संस्था वित्तिय क्षेत्रमा अब्बल रहँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया