गुराँस लघुवित्तलाई आईपिओ अनुमति

बिजनेसपाटी २७ चैत्र

गुराँस लघुवित्त वित्तीय संस्थालाई साधारण शेयर निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले हिजो मंगलबार लघुवित्तलाई जारी पूँजीको ३२.२६ प्रतिशत बराबरको शेयर जारी गर्न अनुमति दिएको हो। गत पुस १० गते २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न माग गर्दै लघुवित्तले धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

एनआईबिएल एस क्यापिटल लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा रहेको छ । केन्द्रीय कार्यालय धनकुटामा रहेको लघुवित्तले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया