गुल्मीको चन्द्रकोटमा प्रभु बैंकको नयाँ शाखा

काठमाडौं ८ माघ  ।

प्रभु बैंकले  आइतबारबाट गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ३ स्थित शान्तीपुर बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले एक समारोहका विच उक्त शाखाको उद्घाटन गरेका हुन् ।

हालसम्म कुनैपनि वाणिज्य बैंकको उपस्थिति नरहेको चन्द्रकोट गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको शान्तीपुरमा प्रभु बैंकले पहिलोपटक शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विप्रेषण सेवा तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ । साथै, देशभर शाखा सञ्जाल रहेको प्रभु बैंकको उपस्थितिले समग्र चन्द्रकोट गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया