गृहमन्त्री बिमलेन्द्र निधि र भारतीय विदेश मन्त्री स्वराजबीच भेट

बिजनेसपाटी ३ भदौ

प्रधानमन्त्री प्रचण्डका विशेष दूतका रुपमा नयाँ दिल्ली पुगेका उपप्रधानमन्त्री बिमलेन्द्र निधिले आज भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंग   भेटवार्ता गरेका छन् ।

भारतीय लागि विदेश मन्त्रालयका प्रवक्ता रहेका विकास स्वरुपले नेपालमा नयाँ सरकार बनेपछि  आएका पहिलो पाहुना र विदेशमन्त्रीबीच भेट भएको तस्बिर ट्वीटर मार्फत सार्बजनिक गरेका छन्। तर उनले निधिले र स्वराजको भेटमा के के विषयमा कुरा भयो भन्ने खुलाएका छैनन्। निधिले यसअघि नै भारतीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेका थिए भने शनिबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया