गोठाला देखि चर्चित संगीत गुरुसम्म ( जिवन संर्घष )
काठमाडौँ ११ बैशाख ।
जिन्दगी अनिश्चिताको भुमरी हो । न यो सोचे जस्तो हुन्छ न यो सम्झे जस्तै हुन्छ । तर हिडिरहेका हुन्छन् जिन्दगीका वेगवान गतिहरु । यो अविरलको हिँडाइमा एउटा मानिसले मरेपछी पनि सम्झन लाएक–नलाएक अनेक कर्महरु गरिरहेको हुन्छ । सम्झन लाएक कर्म गर्नेहरु इतिहासमा अमर हुन्छन् ,नालायकहरु जिन्दगी सकिएसँगै टुङिगएर जान्छन् । त्यसैले हर मानिस आफनो जिवन सार्थक बनाउन लागेकै हुन्छन् । औसत मानिसहरु इतिहासमा दर्ज नभए पनि नालायक भने हुदैनन् । सृष्ट्रिको सिष्टमलाई धानेका हुन्छन । यस्तै सार्थक जिवन जिउने दौडमा छन् शान्त बहादुर गौतम । र, उनी सफल समेत छन संगीतको दुनियाँमा ।
झण्डै ४६ बर्ष अघि दोलखाको विकट हिमाली भेग हिमालय स्याम गाविसमा जन्मेका उनी वत्र्तमान नेपालका नामी संगित गरु हुन् । नेपालमा मात्रै होइन अन्र्तराष्टिय जगतमा झनै उनको ख्याती छ । २१ बर्ष अघि उनले स्थापना गरेको ‘एसियन हिमालयन म्युजिक स्कूल’ त यतिवेला अन्तराष्ट्रिय मापदण्डमा संञ्चालित छ । नेपालमा खोलिएका म्युजिक सिकाउने पाठशालाहरुमध्ये ‘एसियन हिमालयन म्युजिक स्कूल’ अन्र्तराष्ट्रिय स्तरको समेत हो ।
जिन्दगीका उकाली ओरालीहरुमा पेचिलो दुखसकष्ट भोगेका गौतम संर्घषबाट सतिसाल झै भएका छन । उनले कक्षा ७ सम्म दोलखामै पढेका हुन । डेढ बर्ष हुँदा उनलाइ आमाले छोडेर हिँडेकी थिइन् भने ११ बर्ष हुँदा वुवा गुमाउनु परेको थियो । आमा र वुवा दुवै नभएपछि उनीसँग त्यतिवेला दोलखाको सिङगो पहाड मात्र थियो । उनको चिन्ता गर्ने र उनलाई माया गर्ने धर्तिमै कोही थिएन । दिदी बहिनी पनि सौतेनी आमाका मात्रै भएको र पारिवारीक स्थीति झन् नाजुक भएको कारण उनलाई त्यसपछी घरबाट लखेट्ने काम हुन थाल्यो । गोठमा सुत्दा समेत सौतेनी आमाले दोलखा जस्तो हिँउ जम्ने ठाँउमा पानी हालेर धपाउने गर्थे । कयौ पटक उनलाई कुटेर म¥यो भनि फालेका सम्म रहेछन । तर उनका गाँउलेले थाहा पाइ उनलाई पानी हालेर बचाएका रहेछन ।
घरबाट निकाल्न सौतेनी आमाले लामो साँखु ‘जा’ उतै काम गर भन्थिन रे । उनका परिवार सबैले थिचोमिचो गरेपछी र बारम्बारको धरपकडपछी शान्त घरबाट निस्केका हुन । जुन ०३५–३६ सालतिरको कुरा थियो ।
उनी घरबाट निस्केर शाहुको घरमा २ बर्षका लागि गोठालो बसेका रहेछन । वुवाको निधनसँगै पढाइ उनको अलपत्र थियो । उनका किताव सबै सौतेनी आमाले च्यातेर पाmलि दिएकी थिइन् ।
२ बर्ष गोठालो भइ काम गरेपछी संंयोगवश उनी फेरी फर्के । तर फेरी उस्तै किचलो सहनु प¥यो । एक दिन सौतेनी आमाले काठमाण्डौ गएर उतै बस, काम गर भनेर एक जना गाँउले दाइसँग उनलाई सिमेन्ट बोक्ने ट्रकमा हालि पठाइदिए । नभन्दै उनी काठमाण्डौ पनि आइपुगे । काठमाण्डौ छिरेपछी घर बनाउने जापानीज प्रोजेक्टमा इँटा बोक्ने काम थाले । सोही कामलाई आधार बनाएर उनले पढने, लेख्ने, संगित सिक्ने र नाच्ने लगायतको दिनचर्या सुरु गरे । सुरुवाती वेला उनले दिनको ७ रुपँया कमाउथे । अहिले सुन्दा धेरैलाई अचम्म समेत लाग्न सक्छ ।
शान्त पढनमा जान्ने थिए । सायद बावुको प्रभाव भएर पनि हुनसक्छ । विडम्बना धेरै बर्ष उनले कुल्ली काम गर्नु प¥यो । काठमाण्डौमा अलिक समय कुल्ली काम गर्दै जाँदा बेला बेला फिल्म हेर्न जान्थे उनी । फिल्म औधी हेर्ने बानीले उनलाई डान्स सिक्ने रहर समेत जाग्यो । अनि उनले बागबजार स्थीति डान्स इन्टीच्युटमा बारम्बार धाए । हरेक पटक उनी डान्स इन्टीच्युटमा पुग्थे र केटीहरुलाई देखेर लाज मानी फर्कन्थे । दर्जन पटक त्यसरी पुगेपछी एक दिन उनी साहसका साथ भित्र छिरे र डान्स सिक्न चाहेको कुरा राजु शाहलाई बताए । शाह फिल्म डाइरेक्टर समेत थिए । उनले हुन्छ भनेपछी तुरुन्त आफु काम गर्ने अफिसमा पुगि जापानीसँग पैसा मागेर डान्स इन्टीच्युटमा बुझाएको उनी बताउँछन । यसरी उनको डान्स सिक्ने रहर पुरा भयो । सो बीचमा उनले कान्छा, विजय पराजय ,भाउजु लगायत फिल्ममा किसानको छोरो, पुलिस आदि रोलमा अभिनय समेत गेर । त्यस्तै कथा यात्रा टेलिश्रिङखला, बद्री अधिकारीद्धारा निर्देशित कोरस आदि टेलिफिल्म समेत खेले ।
जिन्दगीको रथ एवंरीतले अघि बढदै जाँदा एक दिन अकस्मात उनलाई संगित सिक्ने इच्छा जाग्यो । संगित सिक्न उनी जितेन्द्रलाल जोशीकोमा पुगे । त्यहाँ उनले फराम भर्नु पथ्यो । जहाँ उनले सात कक्षा मात्र पढेको कुरा दाखिला गरेका थिए । सो देखेर जितेन्द्र सरले उनलाई वावु उमेर गएको छैन । तिमिले पढ भनेछन् । पढेनौ भने भोली संगितमा जाँच दिन पाउँदैनौ समेत भनेछन् । त्यसपछी गौतमलाई नपढी नहुने रहेछ भन्ने समेत लाग्यो । अनि उनको पढाइको यात्रा फेरी सुरु भयो । उनी चिनेको साथीको साथ लागेर दीपज्योती स्कुल पुगे । जुन ०४५ सालतिरको कुरा हो । स्कुल पढन थालेसँगै संगित पनि सिक्दै गए । उनी विहान पढथे, दिँउसोमा काम गर्थे र बेलुकी संगित सिक्थे । यसरी उनले बढो दुख मिहिनेत साथ ०४८ सालमा एसएलसि गरे ।
संगित सिकाइले उनलाई एक दिन राम्रो अफर आयो सर्वनाम थ्रिएटरबाट । उनी सो पछी ‘साउथ एसियन थ्रिएटर फेष्टिबल इन्र्टनेशनल कोलाबे्रसन प्ले विग वीन ’ भन्ने कोरियोग्राफी र म्युजिसियनमा उनी सलेक्ट भए । जसमा अमेरिका,अष्ट्रेलिया,हङकङ,ताइवान,पाकिस्तान, थाइल्यान्ड,इन्डिया, बङलादेश र नेपालको गरी ९ राष्ट्रका कलाकारहरु थिए । सो प्रोगाम अमेरिका बाहेक सबै देशमा पुग्यो । गौतमले सो कार्यक्रमबाट ठुलो ज्ञान समेत हासिल गरे । सो प्रोग्रामबाट फर्केपछी केही समय उनी सार्वनाममै रहे । त्यहाँको कमाइले जिविका नचलेपछी आफैले ‘एसियन हिमालयन म्युजिक स्कूल’ नामक संस्था २०५१ सालमा स्थापना गरेको उनी बताउँछन । संस्थामा स्थापना कालदेखि अहिलेसम्म विविध उचार चढावहरु आए । तर उनी कहिल्यै विचल्लीत भएनन । निरन्तर उनले सस्था चलाइरहे । उच्च अध्ययनलाई पनि सँगसँगै लगे । ०५४ सालमा उनले विएड सक्काए । त्यसपछी म्युजिकमा इलाहाबादबाट ‘वि म्युजिक’ गरे भोकलमा । त्यसैगरी चन्द्रिगढबाट संगितमै मार्टस गरे । एजरा म्युजिक स्कुलबाट किबोर्ड र गितारमा डिप्लोमा गरे । त्यसपछी उनमा पश्चिमा स्तरको दख्खल कायम भयो । सोही कारण विदेशीहरुले समेत उनलाई मन पराउँन थाले । यसरी अहिले उनका अनगिन्ती विदशी साथीहरु छन । जो काठमाण्डौ आउने वित्तिकै उनलाई भेटन जान्छन । संगितकै सिलसिलामा उनले धेरै देशहरु घुमिसकेका छन ।
उनले प्रशिक्षित गरेका धेरै कलाकार यतिवेला बजारमा ख्याती कमाउदै छन । जस्तो हिमाल सागर, रामजी खाँड ,प्रमोद खरेल, मल्लिका कार्की, खुमन अधिकारी,विके राणा, घमेश दुलाल आदि उनीबाट प्रशिक्षित कलाकारहरु हुन । शान्तको संगितमा चर्चित गायक रामकृष्ण ढकाल, राजु लामा,कुन्ति मोक्क्तान,लोचन भटराइ, थुक्तेन भुटिया,सिर्मिला वर्दिया लगायत धेरैले गित गाएका छन ।
उनी नेपालमा पियानोको एक मात्र प्राविधिक हुन । उनको संगित स्कुल नेपालमा सबै भन्दा पुरानो समेत हो । साथै अन्तराष्ट्रिय स्तरको पनि । उनको ‘एसियन हिमालयन म्युजिक स्कूल’ आइएओ मान्यता प्राप्त अन्र्तराष्ट्रिय स्तरको सस्था हो । जुन अरु सस्थाहरुलाई पदवी दिइएको छैन । हालै उनले एसियन अनलाइन टिभी ९ ध्ध्ध्।बकष्बलजष्mबबिथबmगकष्अकअजयय।िअयm।लउ ० पहिलो पटक नेपालमा सुरुवात
गौतम आफनो काम प्रति साहै« गौरभवान्वित छन । तर पनि सही र सत्य काम गर्नेहरुको पहिचान हुन नसकेकोबारे उनी चिन्ता गर्छन । भविष्यमा सही र राम्रो काम गर्नेहरुको सहयोग होस् भन्ने उनी ठान्दछन । कतिपय म्युजिसियनहरु आज पनि कम्प्युटरबाट सामान्य इमेल चलाउन समेत आउँदैन । तर शान्त बहादुर कम्प्युटरबाट सारा काम गर्छन । त्यति मात्र होइन उनले आफैले बर्षौ खोज अनुसन्धान गरेर अनलाइन टिभि तथा अनलाइन रेडियो समेत चलाउन थालेका छन । यसरी उनी टेक्नििसियनको रुपमा पनि पोख्त छन । एउटा विकट गाँउबाट आएर नेपाली कला संगीतको क्षेत्रमा यो विधि योगदान पु¥याउनु सामान्य कुरा होइन । त्यसकारण यस्ता व्यक्तिहरुलाई शक्तिको रुपमा राज्यले लिनुपर्छ । तव मात्र उनी जस्ता राष्टप्रेमी कलाकारहरुलाई न्याय भएको ठर्हछ । विदेशबाट उनलाई डिवी र पिआरको अफरहरु पनि आएका थिए । तर उनले अस्वीकार गरिदिए । आगामी दिनमा पनि संगित क्षेत्रमै योगदान पुत्याउने रहर छ ।
शान्त २७ बर्षको सांगितक दौरानमा अझै थाकेका छैनन । बरु झन जुझारुपन छ उनमा । उनले यसवीच चाहेका भए काठमाण्डौमा घर घडेर जोडन सक्थे । तर त्यस्तो कहिल्यै सोचेनन् । तर म्युजिकलाई चाहिने जती सबै सामान भने उनले जोडेका छन । परिवार राम्रैसँग पालेका छन ।
उनी एकपट कामको सिसिलामा जापान गएका थिए । त्यहाँ उनले धाराबाट सोझै पानी खाए । पानी खाँदा उनले आफनो जन्मथलो दोलखा सम्झिए । जहाँ धारबाट सोझै पानी खाइन्थ्यो । अनि उनलाई लाग्यो काठमाण्डौमै घर घडेरी जोड्नु आवश्यक छैन । उनलाई आफनै ठाँउ प्यारो लाग्न थाल्यो । आज पनि उनको कर्म घर दोलखामै छ भोली पनि त्यही रहने उनी बताउँछन ।
उनी संिगतमा रुची राख्नेहरुलाई राम्रो इन्टीच्युट छानेर मात्र सिक्न सल्लाह दिन्छन । नत्र ताल न सुरको संगित पाठशालामा परिनसक्छ उनी भन्छन् । नेपालमा संगित सिक्नेहरुलाई राम्रो सम्भावना भएको उनी दावा गर्छन । यसरी शान्तको जिवन नदीले बाटो बनाए जस्तै आफै बाटो बनाउदै अघि बढेको छ । आफनै मुलबाटोमा उनी हिडदो छन । जिन्दगी उनको हिडिरहेको छ । नेपाली सांगितिक क्षेत्रको अमर हुने यात्रामा अघाडी बढिरहेका छन । साच्चै कुनै कथाकारले फिल्म बनाउन चाहने हो भने उनको जिन्दगीको कथा अझ लामो हुनेछ ।
प्रस्तुती : रिसव गौतम
फेसबुकबाट तपाईको प्रतिक्रिया