गोप्य सहमति भएकै छैन : ओली

काठमाडौं१९ जेष्ठkp oli

–बजेट सार्वजनिक गरेर वाहवाही कमाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद भवन नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा भने, ‘ बजेटपछि सरकार फेर्न विषयमा कुनै गोप्य सम्झौता भएको छैन ।

व्यवस्थापिका संसदको अर्को निर्वाचन नभएसम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैन, दृढतापूर्वक बजेट कार्यान्यवनमा लाग्नुस् ।’

आजको दृष्टि साप्ताहिकमा खबर छ – बजेट सार्वजनिक भएको २४ घन्टा नबित्दै प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारको आयुका विषयमा आफ्नो दलका सांसदहरुलाई स्पष्टिकरण दिनुपर्नाको कारण थियो ।

केही दिनअघि प्रमुख सत्तासाझेदार दलका अध्यक्षले प्रचण्डले सत्ता परिवर्तन सम्बन्धि धारणा सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।

सोही क्रममा प्रधानमन्त्रीले एमाओवादीसँग कुनै गोप्य सहमति भएको छैन भनि स्पष्टिकरण दिएका हुन् । दृष्टि साप्ताहिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया