गोरखा पुगेर बाबुरामले भने–”भूकम्प पीडितलाई सरकारले ५ लाख दिनुपर्छ”

गोरखा३२ श्रावण

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भूकम्प पीडितको घर निर्माणका लागि सरकारले दिने भनेको २ लाख  न्यून भएको भन्दै एकमुष्ट ५ लाख  दिनु पर्ने समेत बताएका छन्  ।

मंगलबार गृहजिल्ला गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रममा भट्टराईले सो बताएका हुन्  ।
भट्टराईले  भने–‘सरकार पैसा छैन भनेर राहत दिनबाट पछि हट्न खोजेको जस्तो देखिन्छ, तर त्यो सहि होइन । म नै भूकम्प पीडितका लागि भनेर १० खर्ब उठाउन सक्छु ।’ उनले सरकार जिम्मेवारीबाट पन्छिन खाजेको जस्तो भान भएको बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया