गोसाइकुण्डमा २ सय २० जनाले लिए निशुल्क स्वास्थ्य सेवा

विजनेसपाटी ३० कार्तिक
विश्व मधुमेह दिवस नोभेम्बर १४ तारिख अर्थात हिजो सोमबार गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रले सञ्चालन गरेको एक दिने निशुल्क स्वास्थ्य शिविरमा सयौंले सेवा लिएका छन । गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रका व्यवस्थापक नयन दुलालका अनुसार शिविरमा २ सय २० जना भन्दा बढी विरामीले आफनो स्वास्थ्य जाँच गराएका छन ।
राजधानीको गोंगबुमा अवस्थीत गोसाइकुण्डले गरिव तथा जनचेतना विहीन विरामीहरुको सेवा गर्ने उदेश्यसाथ समय समयमा निशुल्क शिविर सञ्चालन गरेको दुलालले बताए । बाथरोग, मधुमेह तथा थाइरोइड रोग उपचारको लागि अग्रणी संस्थाको परिचय बनाएको गोसाइकुण्डले सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले यस्तो क्याम्प सञ्चालन गरेको दावी गरेको छ । व्यवस्थापक नयन भन्छन् ‘हामीले यस्तो प्रकारको निशुल्क शिविर आगामी दिनमा पनि सञ्चालन गरेर गरिव तथा जनचेतना विहीनहरुको सेवा गर्दै जानेछौ’ । उनले थपे–‘ यी रोगहरुको उपचारको निम्ती हामीकहाँ वरिष्ठ विशेषज्ञ डाक्टरहरु र सबै किसिमका यन्त्र उपकरणहरु छन् जसकारण अरु भन्दा हामी अब्बल छौ’ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया