गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रमा आज निशुल्क मधुमेह तथा थाइरोइड शिविर हुदै
विजनेसपाटी ८ भाद्र
मधुमेह, थाइरोइड र बाथ रोगको उपचारको लागि नीजि क्षेत्रद्धारा सञ्चालित गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रमा आज निशुल्क शिविर हुदै छ । गोंगबुमा कार्यालय रहेको सस्थाले आज भाद्र ८ गते मधुमेह तथा थाइरोइडका विरामीहरुको निशुल्क स्वास्थ्य जाँच तथा परार्मश सेवा उपलब्ध गराउने भएको हो ।सो अवसरमा सुगर तथा पिसाव जाँच निशुल्क गरिने र थाइरोड जाँचमा ५० प्रतिशत छुट गरिने सस्थाका प्रबन्ध निर्देशन जयन्द्र न्यौपानेले बताए । सेवा लिन चाहने विरामी महानुभावहरुले गोंगबु कार्यालयमा आउन सकिने न्यौपानेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया