गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रमा आज निशुल्क मधुमेह तथा थाइरोइड शिविर हुदै

विजनेसपाटी  ८ भाद्र
मधुमेह, थाइरोइड र बाथ रोगको उपचारको लागि नीजि क्षेत्रद्धारा सञ्चालित गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रमा आज निशुल्क शिविर हुदै  छ । गोंगबुमा कार्यालय रहेको सस्थाले आज भाद्र ८ गते मधुमेह तथा थाइरोइडका विरामीहरुको निशुल्क स्वास्थ्य जाँच तथा परार्मश सेवा उपलब्ध गराउने भएको हो ।Gosaikunda-Addसो अवसरमा सुगर तथा पिसाव जाँच निशुल्क गरिने र थाइरोड जाँचमा ५० प्रतिशत छुट गरिने सस्थाका प्रबन्ध निर्देशन जयन्द्र न्यौपानेले बताए । सेवा लिन चाहने विरामी महानुभावहरुले गोंगबु कार्यालयमा आउन सकिने  न्यौपानेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया