गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार ४५२ यात्रुले आवातजावत गरे
काठमाडौं २४ माघ २०८१ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार ४५२ यात्रुले आवातजावत गरेका छन् । जजिरा एयरले १०२ यात्रु बोकेर अवतरण गरी १४९ यात्रु लिएर गएको थियो भने थाई एयर एसियाले १२८ यात्रु लिएर उडेको थियो । यस्तै फ्लाई दुबईले ४४ यात्रु अवतरण गरी २९ यात्रु बोकेर गएको छ ।
माघ १० गते नयाँ प्रविधि जडान गरेपछि बीचमा उडान रोकेका कम्पनीले भैरहवा उडान गर्न थालेका छन् । कात्तिकमा उडान सुरु गरेका अन्तर्राष्ट्रिय विमान कम्पनीले भिजिबिलिटी समस्या देखाएर उडान रोकेपछि भैरहवामा आरएनपीएआर प्रणाली जडान गरिएको थियो ।
आरएनपीएआर प्रविधिपछि भिजिबिलिटीको समस्या हल भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया