ग्यास र पेट्रोल पम्पमा लगानी गर्न भारत इच्छुक

बिजनेसपाटी २६ बैशाख
भारतीय आयल निगम (आइओसी) ले ग्यास रिफाइनेरी र पेट्रोल पम्पमा लगानी गर्न इच्छा देखाएको छ ।करिब डेढ महिना अघि आपूर्ति मन्त्रालय र आइओसीबीच भएको पाँच बर्षे इन्धन नवीकरण सम्झौताको क्रममा मन्त्रालयले लगानी गर्न प्रस्ताव गरेको थियो । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। सोही प्रस्तावअनुसार लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको आइओसीको टोलीले इच्छा देखाएको हो ।निगमका अनुसार आइओसीका वाणिज्य महाप्रवन्धक एसएस बोसको नेतृत्वमा ५ सदस्यीय टोली नेपाल आएको हो । टोलीले सोमबार साल्ट ट्रेडिङ कर्पोरेसन्सको एसटीसी ग्यास रिफाइनेरीमा निरीक्षण गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया