ग्राण्डी अस्पतालको छतमा हेलिकप्टर दुर्घटना

काठमाडौं १६ असार ।

काठमाडौंको ग्राण्डी इन्टरनेश्नल अस्पतालको छतमा हेलिकप्टर दुर्घटना भएको छ ।

चितवानबाट विरामी  लिएर आएको सिम्रिक एयरको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको हेलिकप्टरको पङ्खा भाचिएको छ ।  केहि समय अघि परेको दुर्घटना लगतै प्रहरी दुर्घटना स्थल पुगेको छ। घटना लगत्तै शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा पुगेको हो ।

घटनास्थलमा सञ्चारकर्मीलाई जान दिइएको  छैन् ।  अन्य सर्वसाधरणलाई दुर्घटना स्थल नजिक जान नदिइएको घटना स्थलमा रहेका हाम्रा सहयोगी कृष्ण तामाङले जनाएका छन् ।

१४ औ तलामा रहेको हेलिप्याडमा सिमरिक एयरको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया