‘ग्रीन ब्याम्बो क्रियशन’ बाट उद्यमशीलता चिनाइरहेका प्रणब
रिसव गौतम
काठमाडौं ११ पुस २०८०।
देशमा केही गर्न सकिदैन भन्दै पलायन रोज्नेहरुका लागि चुनौती हुन् प्रणब प्रधान । इन्जिनियरिङसम्मको अध्ययन पुरा गरेर उद्यम ब्यवसाय रोजेका प्रधान अहिलेका जल्दाबल्दा युवा उद्यमी हुन् । उनको उद्यम, सोच र सपना जो कसैलाई नवितम लाग्दछन् । उनी पछिल्लो समय आफु मात्र होइन् अरुलाई पनि उद्यमी बनाउन लागिरहेका छन् । टेक्नोलोजी सिकाइरहेका छन् । तालिम तथा जनचेतना अभियान जुटिरहेका छन् ।
सन् २००९ मा हिमालयन ब्याम्बोमा म्यानेजर भएर प्रणव प्रवेश गरेका थिए । उतिबेला डा उपेन्द्र महतो जस्ता ब्यापार दुनियाँका हिस्तीहरुले सो उद्योग चलाएका थिए । र, नेपाली ब्याम्बो समानहरु विदेशसम्म निर्यात हुन्थ्ये । त्यहँी ५ बर्षसम्म सिकेको अनुभवले प्रणवले आफनै सकिृयतामा ग्रीन ब्याम्बो क्रियशन प्रालि खोलेका हुन् । जसको उनी प्रबन्ध निर्देशक छन् । निकै कम मान्छेहरुले मात्र यस्ता उद्योगहरु सञ्चालन गरिरहेकोमा उनी यस क्षेत्रमा सफल र सन्तुष्ट छन् ।
बाँसद्धारा बनाइने यावत कलात्मक घरायशी प्रयोजनका सामानहरुको क्रियशन उनको उद्योगले गर्छ । संम्भवत बाँसद्धारा बनाइने उपभोक्ता सामानहरुको उत्पादनमा उनको संस्था नै नेपालको हकमा उम्दा हो । ललितपुरको पाटन औधोगिक क्षेत्रभित्र आफनो केन्द्रिय अफिस तथा गोदाम राखेका प्रणवको उद्योग भने हेटौंडा बदेलधापमा रहेको छ । सन् २०१५ मा ५० लाख लगानीमा स्थापना भएको उनको यस उद्योगमा हालसम्म ५ करोड बढी लगानी भइसकेको छ । १५ जनालाई प्रत्यक्ष र ५० जनालाई अप्रत्यक्ष गरी ६५ जनालाई रोजगारी दिइरहेका प्रणबले पार्टनरशीपमा ब्याम्बो उद्योग खोलेका थिए । बाँसको फर्निचरहरु, हेन्डीक्राफ्ट्, मान्द्रो, बाँसका प्रविधि सम्पन्न घरहरु, कटेजहरु लगायत सयौंथरी उपभोक्ता वस्तुहरु ग्रिन ब्याम्बो क्रियशनले उत्पादन गर्दै आएको छ । ३० बर्षसम्म टिकाउ हुने बाँसद्धारा बनाइने घरहरु प्रणबको उद्योगले तराइ जिल्लाहरुमा सयौंको संख्यामा बनाइसकेको छ । ग्रिन ब्याम्बोले राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर मेशिनहरु बनाउने, गाउँगाउँसम्म बाड्ने गरी तयारी समेत गरेको छ । उनीहरुले बाँसलाई किराले नखाने गरी तयार गर्छन् ।
बाँसद्धारा बनाइने स्वदेशी वस्तुहरुको बजार पछिल्ला बर्षहरुमा बढीरहेको प्रणब बताउँछन् । खासगरी धनीमानी बर्ग नै यस खालका वस्तुहरुमा आर्कषित रहेको उनी सुनाउँछन् । तर सबै बर्गले ब्याम्बोद्धारा बनाइएका वस्तुहरुको उपभोग बढाउन् भन्ने आफना चाहना रहेको उनले बताए ।
उनी भन्छन् बाँसले मानिसको स्वास्थ्यलाई फाइदा हुने, साइड इफेक्ट नहुने, जाडो तथा गर्मि दुबै याममा उपयुक्त हुने, बाँस खेतीबाट वातावरण संरक्षणमा योगदान पुग्ने, भुक्षयको जोखिम कम हुने र पर्यावरण परिवर्तमा न्युनिकरणमा योगदान पुग्ने र आयातित वस्तुहरुको उपभोग घटाउने भएकोले बाँसद्धारा निर्मित सामानहरुको उपयोग बढाइनु पर्छ । त्यसको लागि सकारको सहयोग हुनुपर्छ । ’
तर ब्याम्बोका स्वदेशी उद्योगले तयार गरेका हर हिसावले फाइदा हुने यस्ता प्रोडक्टहरु उपयोग गर्न सरकारले उद्योगहरुलाई प्रोत्साहन नगरेको प्रणब बताउँछन् । फलस्वरुप नेपाली बजारमा प्लाष्टिकका टेबुल कुर्सी तथा विभिन्न सामानहरुको, फर्निचरहरुको बोलवाला रहेको उनी बताउँछन । भन्छन् नेपालीहरुले स्वदेशी वस्तु माया गर्नुपर्छ । विदेशी वस्तु उपयोग गर्ने सोच बदल्नुपर्छ । त्यसरी विदेशी सामान प्रयोग गर्दा नेपाली पैसा वाहिरीने गर्छ । जसको आर्थिक असर घुमीफिरी सबै जनतामा नै पर्छ ।’
प्रणबका अनुसार ब्याम्बो प्रोडक्टहरु ५ प्रकारका बाँसहरुबाट बन्छन् र टिकाउ समेत हुन्छन् । बाँसका ती प्रजातीहरुमा माल बाँस, हरौती बाँस, लठी बाँस, निगालो बाँस र मोसो बाँस हुन् । ती बाँसहरुको नेपालीमा ब्यवसायिक खेती हुनुपर्ने उनी बताउँछन् । तर नेपालमा ब्यवसायिक प्रकृतिले बाँसको खेती नभएको उनी बताँउछन् ।
यद्यपी पछिल्ला बर्षहरुमा बासँबाट सिर्जित नविनतम सामानहरुको बजार बढीरहेको उनको निष्र्कष छ । हाल उनको उद्योगले बार्षिक करोडौको कारोबार गरिरहेको छ । सरकारको सहयोग नभएपनि तालिम लगायतमा विदेशी संस्थाहरुको सहयोग रहँदै आएको उनी बताउँछन् ।
बासँले अरु चीजले भन्दा ९० प्रतिशत बढी अक्सिजन दिने, पर्यावरणीय असर न्युनिकरण गर्न सहयोग गर्ने, भुक्षय, मरुभुमीकरण, जग्गा शुद्धिकरण र बासँ सिर्जित सामानहरुको उत्पादनबाट आर्थिक सम्बृद्धिकै लागि बाँसखेती आवश्यक भएको प्रणब बताउँछन् । आउने दिनमा काठको विकल्प बाँस हुने उनको ठर्हर छ । हरियो वन नेपालको धन भनिएपनि त्यसबाट भन्दा बासँझाडीबाट पैसा कमाउन सकिने उनले बताए । बाँसखेती बढाउन सके सरकार वा अन्र्तष्टिय संस्थाहरुले समेत त्यसलाई खरिद गर्न सक्ने र डिजिटल जमानाले त्यो अवसर ल्याउने उनको दाबी छ । चाइनाको जिडिपीमा बाँसजन्य वस्तुको योगदान १० प्रतिशत पुगिसकेको र भारतले पनि बाँसबाट बार्षिक अरबौं कमाउन थालेकाले नेपालले पनि त्यसतर्फ सोच्ने बेला भएको उनी बताउँछन् । बाँसजन्य उद्योगको विस्तार तथा वस्तुको उत्पादन तुलनात्मक लाभको क्षेत्र भएको उनी बताउँछन् । प्रधानमन्त्री रोजगार कार्याक्रम, स्वरोजगार कोष लगायतले ब्याम्बो उद्योगमा युवाहरुको ध्यान खिच्न जरुरी रहेको उनी बताउँछन् । त्यसका लागि तालिम तथा टेक्नोलोजिका लागि आफुहरु सहयोग गर्न तयार रहेको उनी बताउँछन् । अत्न्यमा, थप जानकारीका लागि धधध।नचभभलदबmदयअचभबतष्यल।अयm लाई पछ्याउन अनको अनुरोध छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया