ग्रीन भेन्चर्सको आईपीओ खुला

काठमाडौं ८ चैत्र २०७८ ।ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।आईपीओ खरीदका लागि छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया