ग्लोबल आइएमईको नयाँ शाखा बागलुङको बलेवामा

काठमाडौं ८ चैत्र २०७८ । ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो ।सोमबार बागलुङ जिल्लाको बागलुङ नगरपालिका – १४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका छन । यस्तै, एटीएम काउण्टरको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीले उद्घघाटन गरेका छन ।

बैंकका अध्यक्ष ढकालले, सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको र बागलुङको वलेवा नारायस्थान शाखाले त्यहाँका स्थानीय वासिन्दा, किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यका साथ शाखा स्थापना गरिएको बैंकका अध्यक्ष ढकालले बताए ।

ग्लोबल आइएमई बैंक बागलुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो बाणिज्य बैंक हो । यसले शाखाले सोही क्षेत्रका ग्राहकलाई छिटो, छरितो एव्म सरल बैंकिङ्ग सेवा दिने उद्देश्यले एटीएम सेवा समेत शुरू गरेको छ ।यसका साथै, बैंकले मधेश प्रदेकको पर्सा जिल्ला, वीरगजं महानगरपालिका बडा नं. १५, बाइपास रोडमा पनि आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८९ शाखा, २५४ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया