ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच सम्झौता

बिजनेसपाटी १५ अशोज ।
ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याब प्रालिबीच ल्याबले प्रदान गर्ने विभिन्न सेवा, स्वास्थ्य परिक्षण तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले ल्याबसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय परिक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।
उक्त सम्झौतापत्रमा पाटन प्याथ ल्याब प्रालिका अक्ष्यक्ष रेशम भट्टराई र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गर्नुभएको हो ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।
उक्त सम्झौता पश्चात पाटन प्याथ ल्याब प्रालिमा परिक्षण गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा ३५ प्रतिशत छुट पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया