ग्लोबल आइएमई बैंक र लेखनाथ सिटि हस्पिटल बिच सम्झौता

बिजनेसपाटी २३ अशोज ।
ग्लोबल आइएमई बैंक लि. र पोखरा महानगरपालिका वडा नं. २६, बुढीबजार, कास्कीमा रहेको लेखनाथ सिटी हस्पिटल प्रा. लि. बिचमा बंैकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले सो हस्पिटलमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्थितिमा बेगनास शाखाको शाखा प्रबन्धक दिनेश अधिकारी र लेखनाथ सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरेका थिए ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया