ग्लोबल आइएमई र सिद्धार्थ बैंकको नाफा खस्कियो

काठमाडौँ १९ कार्तिक

आव ०७४-०७५ को पहिलो तीन महिनामा ग्लोबल आइएमई र सिद्धार्थ बैंकको नाफा खस्किएको छ।  गत वर्षको सोही अवधिको तुलनामा दुबै बैंकको नाफा खस्किएको हो । यो वर्षको पहिलो ३ महिनामा ग्लोबल आइएमई बैंकले ३५ करोड ३२ लाख खुद नाफा कमाएको छ। गत वर्ष भने बैंकले यसै अवधिमा खुद नाफा ४२ करोड ९ लाख गरेको थियो ।  ग्लोबल आइएमईको बन्क्ल्को चुक्ता पुँजी भने ८ अर्ब ८ करोड पुगेको छ। ग्लोबल आइएमईको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसामा झरेको छ। यो गत वर्ष २३ रुपैयाँभन्दा बढी थियो। ग्लोबलको जगेडा कोष ४ अर्ब ४२ करोड रुपैयाँको छ ।

त्यस्तै सिद्धार्थ बैंकको नाफा १४ करोडले घटेको छ। गत वर्ष तीन महिनामा यस बैंकले ३५ करोड ९६ लाख खुद नाफा कमाएको थियो  । यो वर्ष बैंकले २१ करोड ६४ लाख मात्र कमाएको छ। बैंकको चुक्ता पुँजी भने एक वर्षको अवधिमा ३ अर्ब ३७ करोडबाट ६ अर्ब ४ करोड पुगेको छ।सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६५ पैसामा झरेको छ। जवकि गत वर्ष ४२ रुपैयाँ ६३ पैसा थियो।  सिद्धार्थको ३ अर्ब ५८ करोड छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया