ग्लोबल आईएमई बैंकको रक्तदान कार्यक्रम

बिजनेसपाटी १८ पौष

 ग्लोबल आईएमई  बैंकले १० औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । “रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ  सोमबार बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकको सहभागिता थियो । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया