ग्लोबल आईएमई बैंक र नेशनल लाइफ इन्सुरेन्सबीच सम्झौता

बिजनेसपाटी १ श्रावण
ग्लोबल आईएमई बैंक र नेशनल लाइफ इन्सुरेन्सबीच आज मंगलबार ब्यान्कासोरेन्स सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकको १३१ वटै शाखाहरु मार्फत नेशनल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेशनल लाइफ इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया