घट्यो लोडसेडिङ, अब हप्तामा साढे ४८ घण्टा मात्र

काठमाडौं २७ श्रावण

विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ।   प्राधिकरणले बिहीबारदेखि लागू हुनेगरी लोडसेडिङको तालिका सार्वजनिक गरेको छ।  हप्तामा अहिले भइरहेको ६३ घण्टाको लोडसेडिङको समयलाई घटाएर प्राधिकरणले हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुने जनाएको छ।  प्राधिकरणको नयाँ तालिकाअनुसार एक दिन ६ घण्टा, ३ दिन साढे ६ घण्टा, २ दिन ८ घण्टा र १ दिन ७ घण्टा लोडसेडिङ हुनेछ। सार्वजनिक सूचना जारी गरि प्राधिकरणले सो जानकारी दिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया