घर-घरमा विद्यालय शिक्षा अभियान : नयाँ मोडल

प्रभाकर चौलागाँई

विश्वभर लकडाउनका कारण घरमै परीक्षा दिएर  बसेका र परिक्षा दिनुपर्ने विद्यार्थीहरुको हालको त्रासपूर्ण वातावरणलाई सरल बनाई बालबालिकाहरुलाई लकडाउन ‘हाम्रै स्वास्थ्यका लागि अपनाइएको सुरक्षित उपाय हो’ भन्ने बोधगराउन थालिएको छ  । उनीहरुलाई उचित वातावरण निर्माण गरि अभिभावकहरुको समन्वय मार्फत तत्काल शिक्षा अभियान प्रारम्भ गर्ने कुराको थालनी सिन्धुपल्चोक जिल्ला मेलम्ची नगरपालीकाको वडा नं १, भोटेचौरको सरस्वती माविले एउटा मोडलको रुपमा प्रस्तुत गरेको छ । ।

यस अभियानमा विद्यार्थीहरुलाई दैनिक अनिवार्य समय तालिका निर्माण गर्न लगाई अभिभावकको सहयोगमा विषयगत अध्ययनका अलावा पारिवारिक सहयोग, स्वास्थ्य कार्यक्रम, खेलकुद, कला साहित्य अध्ययन समावेश गर्न सुझाव दिइएको छ । यो असहजताको अवधिमा पनि विद्यालय तहका बालबालिकाहरुलाई सिकाइमा कसरी निरन्तरता दिन सकिन्छ ? हामीसँग उपलब्ध रहेका र हुनसक्ने सम्भावित स्रोत सामग्रीको अधिकतम प्रयोगबाट सिकाइमा सहजता कसरी ल्याउन सकिन्छ ? सम्भाव्य वैकल्पिक उपायहरु के के हुन सक्छन ? समग्र विश्व परिवेश नै यस्तै अवस्थाबाट गुज्रिरहेको सन्र्दभमा शैक्षिक सहजीकरणको लागि अन्यत्र भएका अभ्यास तथा प्रयास र प्रयोग गरिएका विकल्पहरु के के छन ? शिक्षक, विद्यार्थी तथा अभिभावक, स्थानीय सरकार र सरोकारवालाहरुले सकारात्मक सोचका साथ सम्भाव्य विकल्पहरुको प्रयोगको लागि आ–आफ्नो भुमिका निर्वाह गर्न सक्यौ भने न्यूनतम रुपमा भएपनि विद्यार्थीहरुको सिकाइ शिक्षण सिकाइ/सहजीकरणका सम्भाव्य विकल्पमध्ये यो टोलटोलमा शिक्षा घरघरमा शिक्षक पनि एक विकल्प हो । हाम्रो जस्तो मुलुकमा अझै सामुदायिक विद्यालयहरुमा र ती विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुमा सुचना प्रविधिको पहुँचको अवस्था अत्यन्त कमजोर छ ।

रेडियो, टेलिभिजन, सिकाइमा प्रयोग हुने प्रविधि बमोजिम मोवाइल, कम्प्युटर, ट्याव, ल्यापटप जस्ता उपकरण र आवश्यक गति तथा क्षमताको ईन्टरनेट विना दुर सिकाईका प्रविधिहरुको प्रयोग कल्पना मात्रै हुन्छ । टाेल टाेलमा शिक्षक, घरघरमा शिक्षा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको सरस्वती माबि भोटेचौरले विधार्थीलाइ स्वास्थ्य सचेतना शिक्षा सँगसँगै विधार्थी लाई अध्यायन बाट अन्यत्र जान सक्ने मनलाई एकृकित गर्दै विधालय र पाठ्य पुस्तकसँग जाेड्ने अभियानले अाफ्ना विधालयमा अध्ययन गर्ने विधार्थीहरुकाे घरघरमा गएर हाल माहामारिकाे रुपमा फैलिएकाे काेरना प्रकाेपबाट वच्न सकिने विविध उपाएकाे बारेमा विधार्थीलाइ चेतना दिने र विधालयबाट प्रदान गरिएका पाठ्यपुस्तक, विधार्थी र शिक्षक विच उपयुक्त सामाजिक दुर कायम गर्दै कम्तिमा ३ देखि ५ दिन भित्रमा स्थानिय रुपमा उपलब्ध शिक्षक विच विधार्थीकै घरमा अन्तर्कृयाकाे वतावरण तयार गर्ने अभियान चलाएकाे विधालयकाे व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्णमुरारि चाैंलागाइले बताउनु भयाे ।

स्वास्थ्य सम्बन्धि जनचेतना दिंदै विधार्थीमा अध्यायन गर्ने बानी नहटाेस भन्नका लागि प्रत्येक घरमा जनचेतना र विधार्थीलाइ अध्ययन प्रति हाैसला बाँड्ने काम स्थानिय रुपमा उपलब्ध शिक्षकबाट अभियानकाे रुपमा सँचालन गरिरहेकाे अभियानमा कृयाशिल शिक्षक दिपक चाैंलागाँइकाे भनाइ छ। काेरनाकाे त्रास दिनानुदिन बड्दै गर्दा सुरक्षाकाे सम्पुर्ण उपाए अबलम्बन गर्दै विधालयकाे सेवाक्षेत्रलाई विभिन्न टाेलमा वर्गिकरण गरि घरघरमा स्यनिटाजर, मास्क र नाेट बुक बाेकेर घरघरमा शिक्षक शिक्षिका पुगेकाे र लकडाउन थपिंदै गर्दा विधार्थिमा उत्पन्न हुनसक्ने मनाैवैज्ञननिक त्रास,अपसूचनाको व्याधि / इन्फोडेमिक (Infodemic) बाट विधार्थीलाइ सचेत पार्दै शिक्षा प्रतिकाे वितृष्णा कम गर्नु प्रमुख उद्ष्येका साथ अभिभावकहरुकै सहमतिमा याे अभियान संचालन गरिएकाे शिक्षक चाैंलागाइले थप्नुभयाे ।

COVID 19 काे प्रकाेप बढ्दै गर्दा सबै क्षेत्र, भुगाेलमा अनलाइन तथा प्रविधीकाे माध्यमबाट शिक्षा दिन विधालय तथा विधार्थीकाे भाैतिक तथा अार्थिक क्षमताले थेग्न कठिन हुने हँदा घरघरमा गएर जनचेतना तथा अनाैपचारिक तवरले शिक्षा दिनुपरेकाे विधालयकाे अर्का शिक्षक प्रभाकर चाैलागाँइले प्रष्ट्याउनुभयाे । उपयुक्त सामाजिक दुरि, स्वास्थ्य उपकरणकाे पर्याप्त प्रयाेग गरि घरघरमै गएर अनाैपचारिक शिक्षा दिँदा विधार्थीमा मनाैवज्ञानिक त्रास घट्नुका साथै, विधालय र पाठ्यपुस्तक सँग जाेडिन याे अभियान प्रभावकारी हुने देखिन्छ ।

प्रकासित मिति २०७७–२–१५

फेसबुकबाट तपाईको प्रतिक्रिया