चक्र बम र एलिना चौहानको स्वरमा हर हर महादेव

काठमाडौं फागुन ९ । महाशिवरात्रीको अवसरमा गायक चक्र बमले हर हर महादेव बोलको शिव भजनको भिडियो सार्वजनिक गरेका छन् ।
भिडियोमा चक्र बम गीता ढुंगाना , दिपा शाही ,कविता न्यौपाने ,प्रमिला जैशीलगायत फिचर्ड छन् । बिक्रम चौहानको कोरियो ग्राफी र निर्देशन रहेको भिडियोमा राजाराम सिम्खडाले सह कोरियोग्राफी गरेका छन् ।
भिडियोलाई प्रकाश खड्काले खिचेका हुन भने मिलन विश्वकर्माले भिडियो सम्पादन र रंङग संयोजन गरेका हुन् ।
कञ्चनसिंह बमले उत्पादन गरेको अडियो भिडियोमा गायक बमको स्वर शब्द र संगीत रहेको छ ।
महिला स्वरमा एलिना चौहानले बमलाई साथ दिएकी छन् । भने समूह गायनमा सुनिल नेपाल र पबेन्द्र सुनारले साथ दिएका छन् । गीतको केहि भागको शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखन र संकलन गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया