‘चतुर खेलाडी, सोझा लगानीकर्ता’

दुर्गाप्रसाद काफ्ले

नेपालको पूँजीबजार सानो पूँजी बजार हो । जहाँ १५ खर्ब बराबरको सेयर छन् । नेपालको सानो पूँजीबजारमा विभिन्न वातावरणले प्रभाव पारिरहेको हुन्छ । जुन केही प्राकृतिक खालका छन् भने केही अप्राकृतिक खालका छन् । अचम्मको कुरा के छ भने प्राकृतिक असरले पुँजीबजारलाई उचालेको छ भने अप्राकृतिक चलखेलले त्यस्तो विधि छुन सकेको छैन ।

हाम्रो पुँजीबजारले प्राकृतिक वा अप्राकृतिक खालको प्रभाव सधै झेलीरहेको छ । पुँजीबजार दिगो र दरिलो हुन सकेको छैन । सधै चलखेल गर्ने क्रिडास्थल बनाइएको छ । हाम्रो बजारमा सधै चलखेल गरिन्छ । जस्तै अनलाइनको हल्ला, ब्रोकर लाइसेन्स दिने हल्ला, मर्चेण्ड बैकिङ दिने हल्ला, मार्जिन लेन्डिङ, सरकारको हल्ला, अनलाइन मिडियाको हल्ला, शेयर बजारको फोरमको हल्ला आदि ।

नियोजित हल्ला चलाएर माथी र तल पु¥याउन विभिन्न तह र तप्काका लगानीकर्ता लागि परेका छन् । खेलाडीहरु बडो चतुर छन् । हाम्रो पुँजीबजारमा केही सिमित लगानीकर्ता, ठुला लगानीकर्ता, इन्भेष्टमेन्ट कम्पनी, ब्रोकर, ठुला घरानाहरु धेरै नै चतुर छन् । उनीहरुको हातमा ब्रोकर छ । सम्बन्धीत कम्पनी छ । इन्साइडर न्युज छ । मिडिया छन् । जे जति छन् उनीहरुको हातमा छन् । उनीहरुले सेयर किने भने एउटा वातावरण बन्छ र बेचे भने अर्को वातावरण बन्छ । पुँजीबजारको वातावरण हेरफेर गर्ने शक्ति नै ठुला खेलाडीमा छ ।
ठुला चतुर खेलाडीको हल्लामा दर्गुर्ने हामी साना लगानीकर्ताहरु धेरै सोझा छौ । किनभने हामीले यो कमजोर बजारको अनुमान गर्न सक्दैनौ र सधै फस्छौ । देश गम्भिर अवस्था छ, राजनीतिक माहोल, आर्थिक माहोल विग्ररहेको छ । तसर्थ हेक्का राखेर लगानी गर्ने गरौ, सचेत बनौ ।

(प्रस्तुत विचार लेखक काफ्लेका नीजि हुन् )

                                                                            प्रकाशित मिति २०७३-१२-१ 

फेसबुकबाट तपाईको प्रतिक्रिया