चन्द्रागिरि सुरक्षित पर्यटकीय गन्तव्य –पर्यटनमन्त्री अधिकारी

बिजनेसपाटी ८ चैत्र ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बुधवार विहान चन्द्रागिरि केवलकारको अनौपचारिक भ्रमण गरेका छन् । भ्रमणमा गएका मन्त्रीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालक समितिका सदस्यहरु एवम महाप्रवन्धकले स्वागत गरे ।
भ्रमणका क्रममा उपस्थित संचारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै मन्त्रीले सडक संजाल र विमानस्थल जस्ता मुख्य मुख्य पर्यटकीय पूर्वाधार निमार्ण गर्ने दायित्व राज्यको भएको बताए । त्यसपछिका पर्यटकीय पूर्वाधार र पर्यटकीय उत्पादन तयार गर्ने काममा नेपालको निजि क्षेत्रलाई पर्याप्त प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिदै उनले भने ‘तब मात्र चन्द्रागिरि र चन्द्रागिरि जस्तै सुन्दर सयौ पर्यटकीय गन्तव्यको लाभ नेपालको अर्थतन्त्रले हासिल गर्न सक्दछ’ । अव तोकिएका काम तोकिएकै समयमा निर्माण सम्पन्न भैसक्नुपर्ने गरि कार्यतालिका निर्माण गरेर काम गर्न लागिएको उनले जानकारी दिए । भने ‘अव काम गरेर देखाउने वाहेक अन्य सुविधा आफुलाई छैन’ । पर्यटन मन्त्रालयमा आफ्नो जिम्मेवारी समस्त पर्यटन व्यवसायीहरुको लागि असल अविभावक भएको भन्दै नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन सबैलाई सहजीकरण गर्ने विश्वास मन्त्री अधिकारीले दिलाए ।
सरकार आसन्न भ्रमण वर्ष २०२० मा वार्षिक १५ लाख पर्यटक भित्रयाउने योजनाका साथ अगाडी बढीरहेको जानकारी दिदै पर्यटकीय पूर्वाधारहरुको निमार्णमा सहजिकरण तथा सुरक्षाको पूर्ण दायित्व राज्यले लिने बताए । संक्षिप्त प्रतिक्रियाकै क्रममा चन्द्रागिरि लगायत नेपालका सम्पूर्ण पर्यटकीय गन्तब्यहरु विश्वका पर्यटकहरुका लागी सुरक्षित रहेको बताए ।
चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यभार सम्हालेकै एक हप्ता भित्रमा मन्त्रीज्यूले चन्द्रागिरि परियोजनाको भ्रमण गरि आफु र आफ्नो समुहलाई हौसला प्रदान गरेकोमा बधार ब्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया