चर्चित डाक्टरहरू नै नक्कली !

काठमाडौं–४ असार

नक्कली चिकित्सकविरुद्ध अपरेसन चलाएको प्रहरीले तराईका जिल्लाबाट एकैदिन दुई दर्जनभन्दा धेरै चिकित्सक पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले तराईका पर्सा, मोरङ, चितवन, झापालगायतका जिल्लामा अपरेसन चलाएर दुई दर्जनभन्दा बढी नक्कली चिकित्सक पक्राउ गरेको हो ।

विराटनगरका नाम चलेका अस्पतालमा कार्यरत चिकित्सकहरू नै नक्कली भएको रहस्य खुलेको छ । शुक्रबार विराटनगरका तीनजना चर्चित चिकित्सक पक्राउ परेपछि यो रहस्य खुलेको हो ।

सिआइबी टोलीले विराटनगरको लाइफगार्ड अस्पतालबाट फिजिसियन डा. जावेद अख्तर, कोसी अञ्चल अस्पतालका पूर्व वरिष्ठ बालरोग विशेषज्ञ डा. सञ्जयकुमार दास र निजी क्लिनिक सञ्चालन गर्दै आएका डा. अमिर कलामलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।

यसअघि कोसी अञ्चल अस्पतालबाट तुलसीकुमार महतो र गोल्डेन अस्पतालबाट कमरुल हक पक्राउ परेका थिए । विराटनगरको गोल्डेन, लाइफगार्ड निजीस्तरका नाम चलेका अस्पताल हुन् । कोसी क्षेत्रीयस्तरको सरकारी अस्पताल हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया