चर्चित ब्यान्ड कुटुम्बले अस्ट्रेलियाको सिड्नी तताउँदै

अरुण गौतम,
सिड्नी २४ चैत्र

नेपाली गीत संगितसँगै संस्कृतिलाई विश्व सामु चिनाउन र लोपोन्मुख लोकबाजाहरुको संरक्षण गर्ने उदेश्यले स्थापना भएको नेपाली बाजाहरुको समुह ‘कुटुम्ब ब्याण्ड’ले आगामी अप्रिल १५ मा सिड्नी स्थित मराना ऑडिटोरियममा आफ्ना धुन र संगीतमा दर्शकहरुलाई मोहित गराउने भएकको छ ।

इनसाइट फ्याक्टर र युएनइको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिन लागेको आयोजक मध्यका एक दामु रावल बिजनेसपाटी डटकमलाई बताउँछन् । उनी भन्छन् टिकेटको मुल्य ३० डलर राखिएको र उक्त कार्यक्रममा डोर सेलको टिकेट मुल्य भने ३५ डलर रहेने छ । अनलाइन माध्यम www.ticketking.com.au को माध्यमबाट टिकेट खरिद गर्न सकिने रावल बताउँछन् ।

एईसिसी ग्लोबल, ओपरा एकेडेमी अफ पिटिई एण्ड आईल्ट्स र लाहुरी किरानाको सहयोग रहेको कार्यक्रममा लोकल ब्यान्ड फ्लेमिङ्टन प्रोजेक्टको तर्फ़बाट पनि आफ्नो प्रस्तुति रहने छ । कुटुम्बले एडिलेडमा नेपाली र बिदेशी दर्शकहरुको मन जित्न सफल भएपछि अहिले सिड्नीबासी पनि कुटुम्बको प्रस्तुतिको प्रतिक्क्षामा छन् र लोकप्रिय धुनहरुको संगम कुटुम्बले नेपाली दर्शकको साथमा अन्य राष्ट्रका संगीत पारखीहरुको मन जित्न सक्नेमा आयोजक ढुक्क छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया