चलचित्र ‘मेरी मामु’मा कुसुम गुरुङ मुख्य भुमिकामा आउने (हेर्नुहोस तस्विरहरु )

बिजनेसपाटी २९ जेष्ठ

आसुसेन फिल्मसको ब्यानरमा बन्ने चौथो चलचित्र ‘मेरी मामु’ मा कुसुम गुरुङ मुख्य भुमिकामा आउने भएकी छिन् । लण्डन निवासी कुसुमले आसुसेन ब्यानरबाट चलचित्रमा डेब्यू गर्दैछिन् ।


थिएटर ब्याकगराउण्डकी कुसुमले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिइसकेकी छिन् भने सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकमा अभिनय समेत गरेकी छिन् । अभिनयलाई आफ्नो प्यासन मान्ने कुसुम नेपाली चलचित्र क्षेत्रमा केही गर्ने अठोट बोकेर लण्डनबाट नेपाल आएकी हुन् । परिवार संगै लण्डनमा बस्दै आएकी कुसुमले लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी छिन् ।


बाल मनोविज्ञानमा बन्ने चलचित्र मेरी मामुमा निर्माता सन्तोष सेनका ६ वर्षे छोरा आयुव सेन मुख्य भुमिकामा रहने समाचार यस अघि नै भाइरल भैसकेको छ । चलचित्रको लागि विगत केही महिना देखि कथा, पटकथा, संवाद र लोकेसनको लागि निर्माण टिमले अध्ययन अनुसन्धानलाई तिब्रता दिएको छ भने अहिले राजधानीमा दैनिक कार्यशाला पनि चलिरहेको छ । यहि अषाढ ३ गतेबाट छायानंकनमा जाने चलचित्र मेरी मामु को टिमको परिचय भने त्यही दिन गरिने निमार्ण पक्षले बताएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया