‘चाचा’ ले माओवादी आन्दोलनबारे नखुलेको तथ्यहरु उज्जागर गरेको छ : डा भट्टराई

काठमाडौं ११ पौष

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई पार्टी विभाजनको १४ महिनापछि एउटै मञ्चमा देखिएका छन्। माओवादी नेता एव सांसद स्वर्गीय भक्तिप्रसाद पाण्डेको जीवनीमा आधारति पुस्तक ‘चाचा’ को लोकापर्ण कार्यक्रममा दाहाल र भट्टराई एउटै मञ्चमा उपस्थिति भएका हुन्।

 माओवादी आन्दोलनलाई लिएर लेखिएको पुस्तकहरु मध्ये ‘चाचा’ अत्यन्त ऐतिहासिक पुस्तक भएको डा भटराइले बताए । पुस्तकले माओवादी आन्दोलनबारेका कतिपय नखुलेको तथ्यहरु उज्जागर गरेको भटराइले बताए । उनले जनयुद्धबारे लेखिएको बहुचर्चित पुस्तक ‘प्रयोगशाला’ र ‘मेले नदेखेको दरबार’ ले माओवादी आन्दोलनबारे भ्रम फैलाएको समेत बताए । ती किताबले माओवादी नेतृत्वमा ठुलो संर्घषले गरिएका जनुयुद्धको जश अन्तै पु¥याएको र वाह्य शक्तिको आडमा जनयुद्ध भएको भन्ने जस्ता भ्रम फैलाएको समेत बताए ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले आफु जनयुद्धको सुप्रिम कमाण्डर भएकोले स्वर्गीय भक्तिप्रसाद पाण्डेलाई आफुले बराबर कसैले नचिनेको बताए । उनले पाण्डे जनयुद्धका बफादार क्रान्तिकारी, नेता एवं कमाण्डर भएको बताए । पार्टीमा अथक मिहिनत साथ काम गर्ने पाण्डेले कहिल्यै पदको लोभलालच नगरेको स्मरण गरे ।

सोमबार महेन्द्र पुलिस क्लबमा आयोजित पुस्तक विमोचन कार्यक्रममा दाहाल र भट्टराईले संयुक्त रुपमा पुस्तक विमोचन गरे। पाण्डेको गत कात्तिक २९ गते ६२ वर्षको उमेर क्यान्सरबाट निधन भएको थियो। माओवादी जनयुद्धमा हतियार सप्लाइमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डे निडर नेताका रुपमा स्थपित भएका थिए।

भट्टराईले पार्टी परित्याग गरी नयाँ शक्ति  गठन गरेपछि दाहालसँग औपचारिक रुपमा एउटै मञ्च प्रयोग गरेको यो पहिलो पटक हो। यद्यपी, दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि भट्टराईले पटक पटक दाहाललाई भेटी सकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया