चापागाँउ दोबाटोमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

काठमाडौँ १९ चैत्र २०७७ ।
ललितपुर सातदोबाटोस्थीति चापागाउँ दोबाटोमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । चापागाउँ दोबाटोमा रहेको सिटी स्पेशियालिटी हेल्थ क्लिनिकले नखिपोट युथ क्लब र महिला जागरण समुह नखिपोटको संयुक्त आयोजनामा भोली शनिवार २० गते सो शिविर आयोजना गर्न लागेको हो । सो शिविरमा मधुमेह जाँच, मृगौला जाँच, कलेजोको जाँच, बाथरोगको जाँच, सीबीसी, इएसआर, युरिक एसिड, क्रिटिनाइन, एसजीपीटी, आरए फ्याक्टर, यूरीन आदिको निःशुल्क जाँच गरिनुका साथै चिकित्सकको सिफारिस अनुसार औषधि वितरण समेत गरिने आयोजकले जनाएको छ ।


साथै अल्ट्रासाउण्ड रु ५००, मुटुको जाँच इसीजी रु १५० र होल्डबडी जाँच गर्नु परेमा ३५०० रुपैयाँमै गर्न सकिने ब्यवस्था पनि गरिएको आयोजकले बताए । शो शिविर शनिवार ८ बजेदेखि सञ्चालन गरिने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया