चार महिनादेखि बन्द रहेका मकवानपुरका विद्यालय आजदेखि खुल्ने

बागमती २७, भदौ २०७८

विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन्।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन्।

स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई भनिएको छ।गत वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो। वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाइएको थियो।प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको थियो। RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया