चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था बन्द

काठमाडौं २९ भदौ २०८०।

डाक्टरमाथि भएको सामूहिक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका स्वास्थ सेवा बन्द गरेका छन् ।

हेटौंडाका निजी तथा सरकारी अस्पताल, मेडिकल तथा क्लिनिकले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा बन्द गरेका हुन् ।

बुधबार बिहान हेटौँडा–१ भिन्तुनापथस्थित सन्चो अस्पतालमा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएको थियो । आक्रमणमा परी एनेस्थेसिया डा प्रशान्त बिडारी र डा विकास थापा घाइते भएका छन् । बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ ।

गत साउन २५ मा डेंगीबाट चितवनमा मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै डा. बिडारी र डा. थापालाई कुटपिट गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया