चिकेन फेस्टिभल सम्पन्न

बिजनेसपाटी २६ असार
भेट टाइम्स मिडिया प्रालिको आयोजनामा एकदिने चिकेन फेस्टिभल सम्पन्न भएको छ । चिकेन फेस्टिभल २०७४ नाम दिइएको फेस्टिभल ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालको हलमा सम्पन्न भएको हो । पाटन अस्पतालमा रहेका विरामी, कुरुवा तथा कर्मचारीहरुलाई निशुल्क रुपमा चिकेनको परिकार वितरण गरिएको फेस्टिभलका संयोजक तथा भेट टाइम्स मिडिया प्रा.लि.का कार्यकारी निर्देशक राजन प्राईसले बताए ।
पशुपक्षीं विकास मन्त्रालयका सचिव डा.युवकध्वज जि.सी.को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पशुपंक्षि विकास मन्त्रालय अन्तर्गत पशुपंक्षि विभागको पशुपंक्षि बजार प्रवद्र्धन निर्देशनालयका कार्यक्रम निर्देशक डा.बलराम थापाका साथै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.विष्णु प्रसाद शर्माको समेत उपस्थिति थियो ।
सोमवार भएको फेस्टिभलमा पाटन अस्पतालमा उपचार गरिरहेका विरामी तथा विरामीका कुरुवाहरुलाई पौष्टिक आहारको रुपमा चिकेनको परिकार मन्त्रालयका सचिव डा.युवकध्वज जि.सी.ले वितरण निःशुल्क वितरण गर्नुभएको थियो । कुखुराको मासुबाट बन्ने विभिन्न परिकारहरु फेस्टिभलमा वितरण गरिएको छ । चिकेनको उपभोग बढाउनु र बिरामिको उपचारको साथै बिरामिलाई पोषक तत्वको आवश्यक पर्ने हुनाले यससम्बन्धमा सन्देश दिने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजक गरिएको प्रसाईले बताए । नेपालमा मासुको प्रयोग स्वस्थकर तरिकाले हुन नसकेको भन्दै प्रसाईले मासु उत्पादकहरुले पनि यस्ता मेला आयोजना गरेर स्वस्थ मासुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिुनभएको छ । फेस्टिभलको सह आयोजक पशुपंक्षि बजार प्रवद्र्धन निर्देशनालयका कार्यक्रम निर्देशक बलराम थापाले भने ‘वार्षिक कार्यक्रम अन्तरगत चिकेन फेस्टिबल गरिएको हो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निर्देशनालयले प्राथमिकतामा राख्ने छ ।’ थापाले महत्वपूर्ण कार्यक्रम भेट टाइम्सको सहकार्यमा गर्न पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया