चिनियाँ कम्पनीले ल्यायो आश्चर्यजनक स्मार्ट स्पिकर

बेइजिङ १० मंसिर ।
“लिङलङ” र “डिङडङ” यि नाम सुन्दा कुनै जोक सुने जस्तो लाग्न सक्छ । तर यी चिनियाँ नामले प्रविधिको दुनियाँमा  नयाँ आविस्कार गरेको छ ।  चिनियाँ कम्पनी बेइजिङ लिङलङले पहिलो पटक चिनियाँ होम स्पिकर “डिङडङ” सार्वजनिक गरेको छ ।
कम्पनीले अमेजनको ‘इको’ र गुगलको ‘होम’लाइ चुनौती दिदै उस्तै प्रकारको होम स्पिकर सार्वजनिक गरेको हो । यो उपकरणले म्युजिक बजाउनका साथै घरायसी अन्य उपकरणहरु स्विच अन गर्न आवाज संकेत पालना गर्नेछ । यस्तै यसले बत्ती बाल्न निभाउन सघाउनेका साथै इन्टरनेट सर्च, मौसम जानकारी, अनलाइन सपिङ र म्युजिक स्ट्रिमिड्ड पनि गर्ने कम्पनीको दावी छ ।
यसले चिनियाँ दुइ भाषा क्यान्टोनिज र म्यान्डारिनका साथै साधारण अङ्ग्रेजी समेत पहिचान गर्ने कम्पनीले जनाएको छ ।  चिनियाँ अनलाइन रिटेलर जेडि डट कमले यो उपकरण ६ सय ९८ युआन बिक्री मुल्य तोक्दै बजारमा ल्याएको हो । यो होम स्पिकरले चीनको कुल जनसख्याको ९५ प्रतिशत मानिसको आवाज पहिचान गरी सेवा दिने दावी समेत कम्पनीको छ । बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया