चिनियाँ कूटनीतिक विज्ञ भन्छन्,‘ ओलीको राजीनामा अाउनुमा भारतको भूमिका छ’

काठमाडौँ १२ श्रावण
चिनियाँ कूटनीतिक मामिलाका एक विज्ञले नेपालमा केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनमा भारतको भूमिका रहेको बताएका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।
इन्स्च्यिुट फर सांघाई म्युनिसिपल सेन्टर फर इन्टरनेसनल स्टडिजका निर्देशक वाङ देहुवाले ओलीको राजीनामा आउनुमा भारतको भूमिका रहेको उल्लेख गरे।
‘प्रधानमन्त्री ओलीको राजीनामा आउनुका पछाडि भारतको हात देखिन्छ किनकि ओलीले मार्चमा सम्पन्न चीन भ्रमणमा चीनसँग महत्वपूणै सम्झौता गरेका थिए।
यसैकारण भारत ओलीसँग असन्तुष्ट बनेको हुनुपर्छ,’चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा प्रकाशित आफ्नो लेखमा देहुवा भन्छन्।
चीनको स्वशासित क्षेत्र तिब्बतबाट नेपालतर्फ हुँदै आएको गैरकानुनी तिब्बतीको प्रवेशतर्फ लक्षित गर्दै उनले नेपाल स्थिर भएमात्र चीनको सीमा सुराा चिन्ता हट्न सक्ने लेखेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया